नयाँ दिल्ली: तीन पटक भारतको प्रधानमन्त्री बनेका अटल बिहारी बाजपेयी सम्पूर्ण देशका प्रिय नेता मानिन्थे। जीवन यात्रा असाधारण थियो। उनको यही जीवनयात्रा अब ठूला पर्दामा ‘मै अटल हूँ’को नामबाट जीवन्त हुन तयार छ। राष्ट्रिय अवार्ड विजेता पंकज त्रिपाठी अभिनित यो फिल्म आउँदो वर्ष १९ जनवरीमा रिलिज हुँदैछ। पंकज त्रिपाठीको यो शानदार रूपान्तरणले मानिसलाई चकित बनाएको छ। अटल बिहारी बाजपेयीको जीवनीमा आधारित बायोपिकको घोषणाले दर्शकमा प्रतिक्षा जगाएको थियो, उनको भूमिका निर्वाह गर्ने पंकज त्रिपाठीको फर्स्ट लुकको निकै चर्चा र प्रशंसा भएको थियो, जसले फिल्म हेर्न दर्शकहरु उत्साहित भएका छन्। चलचित्रलाई पुरस्कार विजेता निर्देशक रवि जाधवले निर्देशन गरेका हुन् भने ऋषि विरमानी र रवि जाधवले लेखेका हुन्। भानुशाली स्टुडियो लिमिटेड र लिजेन्ड स्टुडियोले प्रस्तुत गरेको यो चलचित्रलाई विनोद भानुशाली, सन्दीप सिंह र कमलेश भानुशालीले निर्माण गरेका हुन्।
https://www.instagram.com/p/C0Li18CISXn/?igshid=MzRlODBiNWFlZA==








