गोर्खा सांस्कृतिक संस्थान खरसाङको सभा सम्पन्न

IMG-20220519-WA0142.jpg

खरसाङ: गोर्खा सांस्कृतिक संस्थान खरसाङको सभा सांस्कृतिक चिन्तन भवनमा संस्थानका अध्यक्ष आशा मुखिया लामाको अध्यक्षतामा सम्पन्न गरयो। संस्थानका मूल-सचिव सहदेव चामलिङद्वारा संचालित सभामा कोरोनाकालदेखि स्थगित रहेको २०२०-२०२१, २०२१-२०२२ को संस्थानको आय- व्ययको फाँटवारी लगायत २०२२ मा आयोजित समारोहको सम्पूर्ण हर-हिसाब सभामा संस्थानका कोषाध्यक्ष बिजया ब्लोनले प्रस्तुत गरे। आय-व्ययको फाँटवारीको एक एकप्रति सदस्यहरूमाझ वितरण गरियो। सभामा आय-व्ययको हर-हिसाबलाई सर्वसम्मतिले पारित गरेर अनुमोदन गरिएको छ।
सभामा वक्ताहरूमा कोषाध्यक्षा बिजया ब्लोन, प्रणिता मुखिया,कुमार मंग्राती, सीबी आले आदिले वक्तव्य राखेका थिए। गत कार्यक्रमहरूको सफलतापूर्वक प्रतिपादन भए पश्चात समाजका वरिष्ठ नागरिक, युवावर्गले संस्थानको सदस्यता ग्रहण गर्ने इच्छा जाहेर गरेको तथ्य सभामा राखियो। सभामा संस्थानका आगामी कार्यक्रमहरुबारे चर्चा परिचर्चा गरिएको छ। चिन्तन भवन परिसरमा गेट लगाउने विषयमा कामको प्रगतिबारे फलामको गेट तयार भइसकेको अनि चाँडै काम आरम्भ हुने जानकारी सभालाई दिइयो। लोकगीत, संगीत, नृत्य प्रतियोगिता सम्पन्न गर्ने विषयमा धेरै लामो चर्चा चलेपछि संस्थानले आगामी दिनमा उक्त कार्यक्रम सम्पन्न गर्ने सर्वसम्मतिले पारित गरेको छ। सभामा गोर्खा सांस्कृतिक संस्थान खरसाङले आफ्ना अति महत्वपूर्ण अनि ऐतिहासिक कार्यक्रमहरू जस्तै पहिलो वैशाख-सांस्कृतिक शोभायात्रा, संवर्द्धना एवं सांगीतिक समारोह को आयोजना समाप्त गरेको र विश्व धरोहर दार्जीलिङ हिमालयन रेलवेको गरिमा र गोर्खा जातिको जनजीवन र संस्कृतिको झलक प्रस्तुतिमाथि नेशनल ज्योग्राफिक च्यानलद्वारा छायाङ्कन सम्पन्न गर्न सफल बनेको विषयमा जानकारी गराइएको र सबैले खुशी व्यक्त गरेका छन्।
सभामा सभाध्यक्षाले उपस्थित सबैप्रति धन्यवाद प्रदान गरिन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *