असहाय रोगीहरुलाई विधायक निरज जिम्बाद्वारा आर्थिक सहयोग प्रदान

IMG-20231201-WA0160.jpg

दार्जिलिङ: दार्जिलिङका भाजपा विधायक निरज जिम्बाद्वारा आफ्नो दार्जीलिङ विधानसभा क्षेत्रमा विभिन्न स्वास्थ्य सम्बन्धि चुनौतीहरुको सामना गर्दै आइरहेका बिरामीहरुको उपचारको निम्ति आर्थिक सहयोग पुर्‍याइरहेका छन्। मुख्यमन्त्री चिकित्सा राहत कोषमार्फत् आफ्नो विधानसभा क्षेत्रमा बिरामीहरुको उपचारको निम्ति आर्थिक सहयोग पुर्‍याउने कार्यलाई जारी राखेको विधायक जिम्बाद्वारा जानकारी प्राप्त भएको छ। यसै क्रममा लप्चु चियाबारी निवासी सुदन छेत्रीले ५२ हजार रुपियाँ सहयोग राशि प्राप्त गरेका छन्। हाल सुदन छेत्री भेल्लोर सीएमसी अस्पतालमा उपचार गराइरहेका छन्।त्यसरी नै बिजनबारी कमेरा बस्ती गोक बजार निवासी बिष्णुमाया राईले आफ्नो उपचारको निम्ति एक लाख रुपियाँको सहयोग राशि प्राप्त गरेका छन्। हाल उनी सीएमसी अस्पताल भेल्लोरमा उपचार गरिरहेका छन्। यसै क्रममा दार्जीलिङ तुङसुङ उदय ग्राम निवासी प्रतिमा छेत्रीले आफ्नो उपचारको निम्ति 35 हजार सहयोग राशि प्राप्त गरेका छन्। हाल उनी सिलगढीको एक अस्पतालमा आफ्नो उपचार गराइरहेका छन्। सुदन छेत्री , बिष्णुमाया राई अनि प्रतिमा छेत्रीको सुस्वास्थ्य अनि शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरुको कृतज्ञताको अभिव्यक्तिले अत्यन्तै प्रभावित भनेको विधायक जिम्बाले आफ्नो विज्ञप्तिमा जाहेर गरेका छन्। उनले भनेका छन् -‘मेरो विधान सभा क्षेत्रका वासिन्दाहरुको निम्ति आवश्यकताको समयमा सदैव साथ दिनलाई म प्रतिबद्धता छु साथै म हाम्रो समुदायको निम्ति जनल्याणकारी कार्यहरुको निम्ति निरन्तर लागि रहने छु।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement