सिलगढीको ३६ नम्बर वार्डमा नगरनिगमले भत्काइदियो अवैध निर्माण

IMG-20231201-WA0109.jpg

सिलगढी: सिलगढीको ३६ नम्बर वार्डको शान्तिनगरमा नगरनिगमले फेरि अवैध निर्माण भत्काइदिएको छ। प्राप्त जानकारी अनुसार उक्त वार्डको एउटा घरमा अवैध रूपमा विविध निर्माण गरिएको छ। उक्त घरलाई कार्यक्रमहरूको लागि भवनको रूपमा प्रयोग गरिरहेको थियो। यसपछि नगरनिगमले घर मालिकलाई धेरैपल्ट नोटिस पठाए तापनि अवैध निर्माण नभत्काएकोले गर्दा आज सिलगढी नगरनिगमका कर्मचारीहरूले पुलिसको उपस्थितिमा उक्त अवैध निर्माण भत्काइदिएको बताइएको छ। घरको अघिल्लो भागलाई भत्काइदिएको छ भने घरमाथि बनाइएको अवैध निर्माण पनि भत्काइदिएको छ।

आज बिहानैदेखि उक्त इलाकामा आशिघर आउटपोस्ट पुलिस तैनाथ गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement