उत्तराखण्डको सुरङमा फँसेका कुचबिहारका माणिक तालुकदारलाई बाघडुग्रा हवाईअड्डामा स्वागत

IMG-20231201-WA0123.jpg

सिलगढी: उत्तराखण्डको सिलक्यारा सुरङमा १७ दिनसम्म फँसेका कुचबिहारको तूफानगञ्जका माणिक तालुकदार अन्ततः आज आफ्नो घर फर्किआएका छन्। आज तिनी दिल्लीबाट विमानमार्फत् बाघडुग्रा हवाईअड्डामा आइपुगेपछि राज्य परिवहन निगमका चेयरम्यान पार्थप्रतिम राय र बलरामपुर ग्राम पञ्चायतका ग्राम प्रधानले तिनलाई स्वागत गरे। यसपछि पत्रकारहरूसित कुराकानी गर्दै तिनले भने, घर फर्किआउँदा निक्कै राम्रो लागिरहेको छ। सुरङमा फँसेपछि आफूहरूको अवस्था खराब थियो तर हामी डराएनौँ। पहिला १८ घण्टासम्म आफूहरूले अक्सिजन पाएनौँ। पम्पको माध्यमद्वारा पानी निकालेपछि बाहिरका मानिसहरूले आफूहरू सकुशल रहेको थाहा पाए। यसपछि आफूहरूको लागि अक्सिजनको व्यवस्था गरियो। सुरङमा १० दिनसम्म मुरी खाएर बिताए तापनि हौसला कायम थियो। तिनले राज्य सरकारलाई कामको व्यवस्था गरिदिने अपील गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement