खोरीबारीमा हात्तीको ताण्डवमा २ वटा घर क्षतिग्रस्त

Capture1.png

खोरीबारी: आहारको खोजीमा हात्ती झुण्ड जङ्गलबाट निस्केपछि आवासीय इलाकामा पसेर २ वटा घर क्षतिग्रस्त बनाइदिएको छ।यो घटना खोरीबारीको बुढागञ्जको थानजोडा चियाकमानको १० नम्बर लाइन इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार आज बिहानै टुकरियाझाड वनाञ्चलबाट एउटा हात्तीको झुण्ड निस्केर आवासीय इलाकामा प्रवेश गर्यो। त्यस समय एउटा हात्तीले आहारको खोजी गर्दै दुईवटा घर भत्काइदिएको छ। स्थानीय मानिसहरूको आरोप अनुसार घटनाबारे वन विभागलाई खबर गराए तापनि वनकर्मीहरू समयमा नआएको बताइएको छ। पछि घोषपुकुर रेञ्जका वनकर्मीहरू घटनास्थलमा पुगेर हात्तीको झुण्डलाई जङ्गलतिर लखेटिदियो। यस इलाकामा प्रायःजसो हात्ती पस्ने गरेकोले इलाकावसी आतङ्कित छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement