नयॉं दिल्ली: सार्वजनिक क्षेत्रको तेल एवं ग्यास विपणन कम्पनीहरूले शुक्रवार कमर्शियल ग्यास सिलेन्डरको मूल्यमा २१ रूपियॉंको वृद्धि गरेको छ। यद्यपि, घरेलू ग्यासको दाममा कुनै वृद्धि गरिएको छैन।
कमर्शियल ग्यास सिलेन्डरको नयॉं दर लागू भएको छ।
इण्डियन ओएलको वेबसाइट अनुसार, राजधानी दिल्लीमा १९ किलोग्रामको कमर्शियल ग्यास सिलेन्डरको दाम १,७७५ रूपियॉंदेखि बढेर १,७९६.५० रूपियॉं भएको छ। मुम्बईमा अब कमर्शियल ग्यास सिलेन्डरको दाम १,७४९ रूपियॉं, चेन्नईमा १,९६८.५० रूपियॉं र कोलकातामा १,९०८ पुगेको छ।
उल्लेखनीय छ, यस अघि एक नोभेम्बरमा तेल एवं ग्यास विपणन कम्पनीहरूले कमर्शियल ग्यासको दाममा १०० रूपियॉंको वृद्धि गरेको थियो। त्यसपछि १६ नोभेम्बरमा यसको दाममा ५७ रूपियॉं कटौती गरिएको थियो।








