पञ्जाब नेशनल ब्याङ्क: १८.८५ करोड़ रूपियाँको लूट

01dl_m_105_01122023_1.jpg

इम्फाल: मणिपुरको उखरूल शहर स्थित पञ्जाब नेशनल ब्याङ्क (पीएनबी) बाट १८.८५ करोड़ रूपियाँ लूटिएको छ। विश्वसनीय सूत्रहरू अनुसार, लूट हिजो राति उखरूलको मुख्य बजार व्यूल्याण्ड वन स्थित ब्याङ्कको शाखामा भयो।

अत्याधुनिक हतियारहरू बोकेका लगभग दश अज्ञात अनुहार ढाकेका डकैटहरूले यसलाई अन्जाम दिए।

पञ्जाब नेशनल ब्याङ्क, जसलाई पहिले यूनाइटेड ब्याङ्क अफ इण्डियाको नामले चिनिन्थ्यो, यसले हालमा पीएनबीमा रूपान्तरण गरेको थियो। य़ो घटना खतरनाक तरीकाले भय़ो, जसबाट ब्याङ्क कर्मीहरू र सुरक्षा बलहरू दुवैलाई भारी झटका लागेको छ।

रिपोर्टहरूबाट प्राप्त संकेत अनुसार, डकैटीको समय 6औं असम राइफल्सका लगभग आठ कर्मी सम्भवतः सुरक्षा उपायहरूका लागि ब्याङ्कमा थिए। यद्यपि, आक्रमणकारी सुरक्षा तन्त्रलाई आफ्नो नियन्त्रणमा लिनु र लूटलाई अन्जाम दिनुमा सफल रहे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement