गान्तोक: सिक्किम अकादमीको पहलमा हिजो राजधानीस्थित भोटिया खे यार्गे छोपखा भवनमा सातौं पदमसिंह सुब्बा “अपतन” व्याख्यामाला सम्पन्न भयो। सिक्किम अकादमीको पहलमा आयोजित सो कार्यक्रममा मुख्य अतिथिकोरूपमा साहित्यकार दुर्गा खरेल रहेका थिए। यसरी नै विशिष्ट अतिथिकोरूपमा मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्माको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि दुर्गा खरेलले सिक्किम अकादमीले संस्कृतिको संरक्षण गर्न शुरू गरेको पहलबारे उनले प्रशंसा गरे। मुख्य अतिथिले आफ्नो सम्बोधनमा सिक्किम अकादमीले हाम्रो संस्कृतिको संरक्षणको लागि गरेको पहलको प्रशंसा गरे। उनले सिक्किमको समृद्ध सांस्कृतिक सम्पदा, यसको परम्परा र संस्कृतिको बारेमा विस्तृतरूपमा जानकारी गराए। यसै अवसरमा उनले नेपाली समुदायले मनाउने तीज पर्वके पनि उल्लेख गरे। धार्मिक महत्व मात्र रहेको यो पर्वको आज नेपाली संस्कृतिमा विशेष महत्व रहेको छ। उनले संस्कृति र परम्परामा पहिचान संकटमा गम्भीर चिन्ता व्यक्त गर्दै, जसको संरक्षण गर्न युवाहरू अघि आउनु पर्ने सुझाउ दिए।अन्तमा उनले सिक्किम अकादमीलाई साहित्यिक कार्यक्रम आयोजना गरेकोमा पुन: प्रशंसा गर्दै धन्यवाद दिए। यसै क्रममा संस्कृतिक विभागका पूर्व प्रशिक्षक नरेन गुरुङले राज्यको संस्कृति र परम्पराको संरक्षणबारेमा जोड दिए। उनले नागरिक समाजका लेखक तथा कविहरूलाई ‘लोक साहित्य’को दस्तावेजीकरणमा सक्दो मिहिनेत गर्नुपर्ने सुझाव दिए। सोही विषयमा बोल्दै उनले आफ्नो संस्कृति जोगाउन ‘लोकगीत’को संरक्षण गर्न सबैलाई आग्रह पनि गरे। गुरूङले स्थानीय लोक संगीतमा आजको ‘नौमती बाजा’को भूमिकालाई पनि उजागर गरे। उनले भविष्यमा भानु जयन्ती मनाउने क्रममा यी विषयहरूलाई पनि समावेश गर्नुपर्ने विषयमा सुझाउ दिए। गुरूङले उपस्थित विद्यार्थीहरुलाई हाम्रो संस्कृति र परम्पराको संरक्षणको दिशामा लागिपर्नुपर्ने आग्रह गरे।








