सोरेङ: सोरेङ जिल्लाको नार्को समन्वय समितिको समीक्षा बैठक आज जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भयो। जिल्लापाल भीम ठटालको अध्यक्षतामा भएको बैठकमा अतिरिक्त विभिन्न विभागीय अधिकारीहरुको सहभागिता थियो। जिल्लापालले एनसीओआरडीको मासिक बैठकलाई समितिले आवश्यकताअनुसार गम्भीरतापूर्वक लिएको बताए। समितिका सदस्यहरूलाई यो जाडो बिदामा बढी सजग र सतर्क रहन आग्रह गरिएको छ। आवश्यक परे छापा मार्दा सम्बन्धित विभागसँग समन्वय गरी काम गर्ने पुलिस विभागलाई निर्देशन दिए। बैठकमा अतिरिक्त एसपीले जिल्लामा अहिलेसम्म तस्करीसम्बन्धी कुनै मुद्दा नपरेको बताए। साथै जिल्लामा लागुऔषधि दुव्र्यसन रोक्न विभागले सोही अनुसार अनुगमन गरिरहेको जानकारी दिए। स्वास्थ्य विभागले जिल्लाका अधिकांश शैक्षिक संस्थालाई समेटेर सचेतना अभियान सञ्चालन गरेको जानकारी दिइयो।









