यदि २०२४मा एसडीएफ पार्टी सरकारमा आए, पुरानो मोटर भेहिकल कानून र कम्पनी कानून लागू गर्नेछौः पवन चामलिङ

n56119292017013589149979d1cb697d88cb6b8e2742e5ca8eea288ec2805234cac37ea1cda2512c3f60b85.jpg

गान्तोक: सिक्किमका युवाहरूलाई सयौँ वर्षसम्म गरिखाने पूर्वाधारको विकास र कार्यक्रम लिएर एसडीएफ २.० आएको छ। हामीले पछिल्लो कार्यकालमा पनि सिक्किमको भविष्य निर्माणका लागि काम गरेका थियौँ, र फेरि हामी अझ ऊर्जावान भएर काम गर्नेछौँ। उक्त मन्तव्य सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) अध्यक्ष श्री पवन चामलिङले आज इन्दिरा बाइपास स्थित एसडीएफ भवनमा आयोजित एसडीएफ परिवहन एवम् चालक मोर्चाको सभालाई सम्बोधन गर्दै व्यक्त गरेका हुन्।
चामलिङले अझ भने, २०२४ मा यदि तपाईँहरूले एसडीएफलाई सरकारमा ल्याउनु भयो भने कुनै दुर्घटनामा परेर चालकको मृत्यु भएमा कृपानुदान राशि पाँच लाखबाट बढाएर दस लाख गर्नेछौँ। शारीरिक रूपमा अक्षम बनेका चालक, विद्युतकर्मी, श्रमिक आदिलाई मासिक बीसहजार रुपियाँ पेन्सन प्रदान गरिनेछ। चालक अभियान्तलाई स्वतन्त्र अनि निर्भयतासित गरिखाने वतावरण सिर्जना गर्नेछौं। प्रत्येक चालकको स्वास्थ्य तथा जीवन बिमा गरिदिने छौं। यसका साथै सिक्किमभरिका सड़क मार्गहरूको मरम्मत्ति र कार्पेटिक गर्नेछौँ। प्रमुख र दूर्गम पर्यटन स्थलहरूमा यात्री निवासको निर्माण गर्नेछौँ साथै सिक्किमका प्रत्येक ग्राम पञ्चायतमा एउटा पर्यटन स्थलको निर्माण गर्नेछौं। एसडीएफ २.० सिक्किमका पुराना कानूनहरूको पूनर्नसमीक्षा गर्ने मुद्दा लिएर जनतासमक्ष आएको बताउँदै २०२४ मा एसडीएफ सरकार बनेपछि यही आधारमा सिक्किमको पुरानो मोटर भेहिकल कानून र कम्पनी कानून लागू गरिने उनको भनाइ रहेको छ।

यस अवसरमा सामाजिक कार्यकर्ता एवम् अधिवक्ता श्री नवीन किरण, एसकेएम पार्टीका संस्थापक सदस्य किरण गुरुङ, एसकेएम पार्टीका चालक मोर्चाका संयोजक नीमा तामाङ (गोले)-लगायत २०० भन्दा धेरै सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम), सिटिजन एक्सन पार्टी (सीएपी) अनि धेरै सङ्ख्यामा चालक, अधिवक्ता र सर्वसाधारणले एसडीएफ पार्टीमा प्रवेश लिए।
सभालाई एसडीएफ परिवहन एवम् चालक मोर्चाका उपाध्यक् जीएम गुरुङ, अधिवक्ता नवीन किरण, किरण गुरुङ र नीमा तामाङ (गोले)-ले पनि सम्बोधन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement