गान्तोक: सिक्किम मणिपाल विश्वविद्यालयको २३औँ दीक्षान्त समारोह आज सम्पन्न भयो। समारोहमा एसएमयूका सबै कलेजका विद्यार्थीलाई विभिन्न विषयमा स्नातक, स्नातकोत्तर र पीएचडी उपाधि हासिल गरेका ११ सय १८ विद्यार्थीलाई सम्मान गरिएको थियो। सो अवसरमा एसएमयूका कुलपतिका रुपमा आफ्नो सम्बोधनमा राज्यपाल लक्ष्मणप्रसाद आचार्यले आज उपाधि प्राप्त गरेका विद्यार्थी तथा अभिभावकहरुलाई बधाई दिएका थिए। उनले विश्वविद्यालयले उत्कृष्टता हासिल गर्दै राष्ट्रको विकासमा योगदान पु¥याउने विश्वास लिएको बताए। आफ्नो सम्बोधनमा उनले समग्र शिक्षाको महत्वलाई जोड दिए। जसमा अकादमिक उत्कृष्टता, व्यक्तिगत विकास र सामाजिक उत्तरदायित्व समावेश छ भनी उल्लेख गरे। उनले क्षेत्रीय भाषाको संरक्षण, चरित्र विकास, जीवनमूल्य शिक्षाको प्रवर्द्धन, राष्ट्र निर्माण र समाज निर्माणमा योगदान पु¥याउने र विद्यार्थीका लागि काम गर्नुपर्नेमा जोड दिए।

उनले प्रादेशिक भाषाहरूले सांस्कृतिक सम्पदाको भण्डारको रूपमा काम गर्ने जसले आगामी पुस्तालाई आफ्नो जरासँग जोड्न मद्दत गर्ने बताए। राष्ट्रिय शिक्षा नीति २०२० मा प्रकाश पार्दै उनले प्राचिनकालमा हाम्रो शिक्षा हरेक हिसाबले पूर्ण भएको र त्यसै कारण हामी विश्व गुरु भएको बताए। कार्यक्रममा मणिपालका कुलपतिले पनि सम्बोधन गरेका थिए।









