चुनाउको तयारीबारे सोरेङमा उच्चस्तरीय बैठक सम्पन्न

n56119292417013587173687b2bf7799c9364df8cd75f60a95048af69d32c6bbe5e14bf2d3277a1ddf70743.jpg

सोरेङ: आगामी २०२४ को आम निर्वाचनका लागि बुथ लेभल अफिसरको भूमिका र जिम्मेवारीबारे छलफल गर्न जिल्ला प्रशासन कार्यालय सोरेङको सम्मेलन हलमा जिल्लापाल भीम ठटालको अध्यक्षतामा आज एक बैठक बस्यो। जसमा जिल्लापालले निश्चित न्यूनतम सुविधा र निर्वाचन अनुगमन फोरमबारे जानकारी दिए। यसबीच यसको महत्त्व विस्तारमा छलफल गरियो। घरमा डेमोग्राफिकली सिमिलर एन्ट्री र फोटो सिमिलर एन्ट्रीबारे पनि छलफल भएको थियो जहाँ उऩले मिडिया मार्फत सर्वसाधारणलाई पनि जानकारी गराउन सम्बन्धितलाई निर्देशन दिए। साथै, मृत मतदाताहरूको बारेमा पनि जानकारी गराए र यसलाई रोक्न बीएलओहरूलाई लगनशीलताका साथ काम गर्न आग्रह गरे। बैठकमा अन्तरक्रियात्मक सत्र भयो जसमा आ-आफ्नो क्षेत्र भित्रका विशेष सारांश संशोधनको प्रगति पेश गर्ने निर्देश गरियो। मतदान केन्द्रहरूको सटीक स्थानहरूको लागि सुझाव दिए जहाँ उनले मोबाइल एप्लिकेसनको प्रयोग र यसको प्राविधिक पक्षहरूबारे सबैलाई बताए। बैठकमा जिल्लाका सबै बिएलओहरुको उपस्थिति रहेको थियो भने सोरेङका अधिकारी तथा कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement