पारदर्शी र सूचित समाजका लागि सुसज्जित र सक्षम आईपीआर विभाग अत्यावश्यकः बीएस पन्त

n56119292617013586029063466b2c0503cdc36848fbbdf77d3d1003c9c08526ecb38471efdbec185be228e.jpg

गान्तोक: राज्य सूचना एवं जनसम्पर्क (आईपीआर) विभाग मन्त्री बीएस पन्तले प्राविधिक विकाससँग अनुकूलन गर्नुपर्ने आवश्यकतामा बल दिँदै राज्यका मुख्यमन्त्रीको दूरदर्शी नेतृत्वमा आईपीआर विभागले डिजिटल युगमा अनुकूलन गर्न र प्रभावकारी सञ्चारका लागि प्रविधिको प्रयोगमा महत्वपूर्ण कोसेढुङ्गाहरू हासिल गरेको बताएका छन्।

मन्त्री पन्त आज राजधानीको चिन्तन भवनमा आयोजित राष्ट्रिय प्रेस दिवस कार्यक्रमलाई मुख्य अतिथिको रूपमा सम्बोधन गर्दै थिए।

मन्त्री पन्तले विभागका केही पुराना चिन्ताहरू व्यक्त गर्दै एडहक कनिष्ठ सूचना सहायक (जेआईए) लाई नियमित गर्नुपर्ने आवश्यकता, कार्यालय पूर्वाधार/भवन पुनर्स्थापना आदि विषयहरूमाथि प्रकाश पारेका थिए। उनले पारदर्शी र सूचित समाजका लागि सुसज्जित र सक्षम सूचना तथा जनसम्पर्क विभाग अत्यावश्यक रहेको बताउॅंदै यी प्रयासहरूमा मुख्यमन्त्रीको समर्थनको निम्ति आग्रह गरे।

आईपीआर विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन मन्त्री पन्तले प्रेस क्लब अफ् सिक्किमका अध्यक्षले प्रेस भवन सम्बन्धि राखेका चासो र मागहरूलाई सम्बोधित गर्ने आश्वासन दिए।

कार्यक्रममा राज्यका छ वरिष्ठ पत्रकारहरूलाई विभिन्न पुरस्कारहरूले सम्मातिन गरिएको थियो।

‘आर्टिफिसियल इन्टेलिजेन्सको युगमा मिडिया’ विषय रहेको राष्ट्रिय प्रेस दिवस कार्यक्रममा वरिष्ठ पत्रकार कर्म पाल्जोर स्रोत वक्ताको रूपमा उपस्थित थिए। पत्रकार पाल्जोरले आफ्नो सम्बोधनमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग, चुनौती, फाइदा, कमी-कमजोरी आदि विषयमाथि प्रकाश पारे।

कार्यक्रममा मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्मा, आईपीआर विभागका सल्लाहकार बिरेन्द्र तामलिङ, सिक्किम फिल्म प्रमोशन बोर्डकी चेयरपर्सन पूजा शर्मा, आईपीआर विभागकी सचिव कर्म डोमा युत्सो तथा अन्य गणमान्य व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement