कवि लुङचोकमा विजयी उत्सवलाई लिएर बैठक सम्पन्न

photocollage_202272121951257.jpg

गान्तोक: राज्यका वन विभाग मन्त्री कर्मा लोडे भोटियाको अध्यक्षमा आज एक सभा सम्पन्न भयो। उक्त सभामा विशेष गरेर भोलि २१ जुलाईको दिन आयोजना गरिने विजयी उत्सवबारे छलफल गरिएको जानकारी गराइएको छ। एनडीएका राष्ट्रपति उम्मेदवार द्रोपदी मुर्मुको विजयीको खुशीमा विजयी उत्सव मनाउने निर्णय लिएको हो। कवि लुङचोक निर्वाचन क्षेत्रको पार्टी कार्यालयबाट शुरू भएर मंगन जिल्ला प्रशासनिक केन्द्रमा पुगेर समापन हुने भएको छ। आजको यस सभामा मन्त्रीले बोझोघारीको गैर सरकारी संस्था एकता समाजलाई सहयोगस्वरूप एकलाख रूपियाँ प्रदान गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement