मन्त्री खरेलले आवश्यक व्यक्तिहरूलाई आर्थिक सहयोग प्रदान

IMG-20230410-WA0169-11-300x172-9

गान्तोक: नामथाङ रातेपानी निर्वाचन क्षेत्रका विधायक एवं मन्त्री सञ्जित खरेलले निरन्तर रुपमा क्षेत्रका जनतासँग भेट गरिरहेका छन्। यसै क्रममा आज उनले मामरिङस्थित उनको नीजि वासस्थानमा क्षेत्रका जनतासँग भेट गरे।

भेटको क्रममा मन्त्री खरेलले उनीहरूको स्थानीयहरूको समस्या साथै गुनासो पनि सुने। गुनासो सुनिपछि मन्त्री खरेलले विभिन्न अस्पतालमा उपचाराधीन रोगीहरूको परिवारलाई आर्थिक सहयोग प्रदान गरेका छन्। यसका साथै खॉंचोमा रहेका व्यक्तिहरूलाई उनले आर्थिक सहयोग प्रदान गरेका छन्।

लाभार्थीहरूले क्षेत्र विधायक तथा मन्त्रीप्रति आभार व्यक्त गर्दै धन्यवाद दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement