प्रधानमन्त्रीद्वारा उद्घाटित दश हजारौं जन औषधि केन्द्रको भर्चुअल उद्घाटनमा मुख्यमन्त्री सहभागी

n5611751581701355855372e5bf8ca1b1c7496843da613530555549dc8bb4a6bb6cc107825458493eeab646.jpg

गान्तोक: स्वास्थ्य सेवाको पहुँच र सामर्थ्य बढ़ाउनको निम्ति प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी दृष्टिकोणको साथमा आज देवघरको एम्समा १०,०००औं जन औषधि केन्द्रको भर्चुअल उद्घाटन कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले पनि मिन्तोकगाङबाट भर्चुअल रूपमा सहभागिता जनाए।

मुख्यमन्त्रीले यो १०,०००औं जन औषधि केन्द्रको उद्घाटन प्रधानमन्त्रीको स्वास्थ्य सेवाको पहुँच र सामर्थ्यको प्रतिबद्धताको प्रमाण रहेको बताएका छन्। योसँगै जनऔषधि केन्द्रहरूको संख्या १०,००० बाट २५,००० सम्म पुऱ्याउने वाचाले यस उद्देश्यप्रतिको समर्पणलाई अझ बल दिएको मुख्यमन्त्री तामाङले आफ्नो फेसबूक पेजमार्फत विचार पोखेका छन्।

यी सराहनीय पहलले देशभरिका धेरै मानिसहरूलाई गहिरो अनि सकारात्मक प्रभाव पार्ने कुरामा मुख्यमन्त्री तामाङले विश्वास व्यक्त गरेका छन्। यस प्रकारको प्रभावकारी पहलको निम्ति उनले प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभार प्रकट गरेका छन्। योसँगै प्रधानमन्त्री महिला किसान ड्रोन केन्द्रको घोषणा एक महत्वपूर्ण पहल गरेको मुख्यमन्त्रीले बताएका छन्।

आगामी तीन वर्षभित्र महिला स्वयं सहायता समूहहरू (एसएचजी) लाई १५,००० ड्रोनको प्रावधानको परिकल्पना गर्दै यी समूहहरूलाई जीविकोपार्जन सहायता प्रदान गरेर सशक्तिकरण गर्ने र महिलाहरूलाई कृषि उद्देश्यका लागि किसानहरूलाई ड्रोनहरू भाड़ामा दिन सक्षम बनाउने लक्ष्य राखिएको मुख्यमन्त्रीले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement