सोनादा: सोनादादेखि केही तल रहेको नाली चउर क्षेत्र अहिले धार्मिक पर्यकटीय स्थलको रूपमा विकसित भईरहेको छ। पहाड़मा अहिले ग्रामीण पर्यटनसितै धार्मिक पर्यटन पनि विस्तारै फस्टाएर गईरहेको अवस्था छ। यसै क्रममा सोनादा बजारदेखि केही तलतिर पर्ने नाली चउरमा धार्मिक पर्यटकीय स्थलको रूपमा विकसित गर्न सकिने सम्भावना प्रशस्त मात्रामा रहेको छ। नाली चउर क्षेत्र पहिलेबाटै पञ्च धामले प्रसिध्द छ। यहाँको पाँचवटा विभिन्न मन्दिरहरूले भरिएको पञ्चधाम धार्मिक पर्यटनको लागि मानिन्छ। त्यसरी नै नाली चउरको अर्को प्रसिध्दी यहाँको कलवारी डाँड़ा अर्थात् ग्रोटोले झनै सुन्दरता बढ़ाएको छ अनि मानिसहरू यी धार्मिक स्थलहरू हेर्न र घुम्नको लागि धेरै मात्रामा आउने गरेको छ। यसै क्रममा हालै नाली चउरको पचास बिघामा स्थापित गरिएको भगवान् बुध्दको प्रतिमाले झनै नाली चउर क्षेत्रमा धार्मिक पर्यटनको सम्भावनालाई सुनमा सुगन्ध थपेको छ। अझ यस क्षेत्रलाई स्थानीय प्रशासनले धार्मिक पर्यटनको रूपमा नाली चउरलाई विकसित गर्नलाई पूर्वाधारहरू तयार पार्न सके अझ असल हुने देखिएको छ। यस क्षेत्रको धार्मिक पर्यटकीय स्थलहरूको राम्रोसितले प्रचार प्रसार र जानकारीहरू दिन सके पर्ययकहरू प्रशस्त रूपमा आउने सम्भावना पूरा देखिएको छ। सोनादादेखि केही मुनिपट्टि अवस्थित नाली चउरलाई धार्मिक पर्यटन स्थलको रूपमा अझ विकसित गराउन सके पर्यटकहरू आउन सक्ने क्षमता प्रशस्त रहेको छ। यस विषयमा स्थानीयहरूले पनि आफ्नो विचारहरू राख्दै नाली चउरलाई धार्मिक पर्यटनको लागि कार्य गरिनु आवश्यक रहेको बताएका छन्। यस क्रममा पञ्चधाम नाली चउरको ईन्चार्च पण्डित दुर्गा प्रसादले पञ्चधाम निर्माण भएको धेरै भयो र यहाँ धेरै धार्मिक पर्यटकीय स्थलहरू भएकोले यी क्षेत्रलाई धार्मिक पर्यटन स्थलको रूपमा जीटीएले कार्य गर्दै पर्यटकीय मानचित्रमा हालेको खण्डमा राम्रो हुने भनी बताएका छन्। उनले नाली चउर धार्मिक पर्यटनको लागि रुपरेखा तयार भएको स्थान हो तर यसमाथि कार्य हुन जरूरी रहेको बताएका छन्। उनले यसमाथि कार्य गर्नलाई जीटीएलाई निवेदन पनि गरेका छन्। यसै क्रममा नाली चउर ग्रोटोको इन्चार्च थोमस लेप्चाले नाली चउरको विभिन्न धार्मिक स्थलहरूलाई लिएर पर्यटकीय मानचित्रमा हाल्न सकिए धेरै राम्रो हुने बताए। उनले नाली चउरलाई धार्मिक पर्यटनको लागि पूर्वाधारहरू प्रशस्त भएकोले पर्यटकीय मानचित्रमा समावेस गरेर यहाँको ग्रामीण पर्यटन व्यवसायलाई अघि लान सके स्थानीयहरूलाई पनि राम्रो हुने भएका छन्। त्यसरी नै सोनादा टुरिज्म प्रमोशन एसोसिएशनको सचिव रसिक छेत्रीले पनि पत्रकारहरूसित कुराकानी गर्दै सोनादाको नाली चउर अहिले धार्मिक पर्यटन स्थलको रुपमा विकसित भईरहेको छ अनि नाली चउरको विभिन्न पर्यटकीय स्थलहरूको नजिक पनि धेरै पर्यटकीय स्थलहरू रहेको बताएका छन्। उनले सोनादा क्षेत्रलाई अझैं पर्यटकीय मानचित्रमा गाँभिएको छैन। तर सोनादा क्षेत्र पर्यटकहरू आउन सक्ने प्रशस्त क्षमता भएको स्थान हो भनी बताएका छन्।








