सिलगढ़ीः हात्तीको हमलामा एक महिलाको मृत्यु भएको छ। घटना सिलगढ़ी महकुमाको खोरीबाड़ी पानीटङ्की संलग्न रामधऩ जोत क्षेत्रमा घटेको छ। मृत महिलाको पहिचान पानीटङ्कीको गौरसिंह जोत निवासी गौरी अधिकारीको रूपमा गरिएको छ।
जानकारी अनुसार, बिहिवार केही महिलाहरू जंगलबाट दाउरा ल्याउन टुकुरियाझार जंगल गएका थइए। तब हात्तीले महिलाहरूमाथि हमला गऱ्यो। भाग्ने क्रममा गौरी अधिकारी लड़िन्। जसपछि हात्तीले उनलाई कुल्च्यो। घटनामा उनको घटनास्थलमै मृत्यु भयो।
घटनाको सूचना पाएर वन विभागको टुकुरियाझार रेञ्जका रेञ्जर र पानीटङ्की चौकी पुलिस घटनास्थलमा पुग्यो। पछि शवलाई पोस्टमार्टमको निम्ति उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल पठाइयो। पुलिसले पूरा मामिलाको जाँच गरिरहेछ।








