दानपाले प्राकृतिक प्रकोप निम्ताईरहेको हाम्रो पार्टीको आरोप
दार्जीलिङ: नियम र कानूनलाई ताकमा राखेर दार्जीलिङ नगरपालिकाको वार्ड नम्बर ३० मा निर्माण हुँदैछ ६ बहुतल्ले बिल्डिङ भनी हाम्रो पार्टीले आरोप लगाएका छन्। पश्चिम बंगाल नगर पालिकाको एक्ट अनुसार ११.५ मिटर अथवा चारतल्ले बिल्डिङको निर्माण गर्न सक्ने प्रावधान रहेको छ। तर दार्जीलिङ नगरपालिकाको वार्ड नम्बर ३० अन्तर्गत मेफेयर होटलको छेवमा ६ बहुतल्ले बिल्डिङको निर्माण धमाधम भईरहेको आरोप लगाएका छन्। हाम्रो पार्टीले प्रेस विज्ञप्ति जाकी गर्दै भनेका छन् -‘गत केही महिना अघि मात्र उत्तराखण्ड राज्यको जोशी मठमा यस्तै बहुतल्ले बिल्डिङहरूको निर्माणको कारणले जमीनहरू चर्किएका थिए अनि त्यही घरहरू दबिएका थिए। भू बैज्ञानिकहरूले दार्जीलिङलाई जोन फोरमा राखेका छन्। कुनै पनि समस्या दार्जीलिङ प्राकृतिक प्रकोपको चपेटमा आउँन सक्छ तर यी सवै थाहाँ हुदा हुदै दार्जीलिङ नगरपालिकाको वर्तमान बोर्डले बीएम एक्टलाई ताकमा राखेर ६ बहुताटल्ले बिल्डिङको निर्माण गर्ने अनुमति कसरी दिए भन्दै पूर्व चेयरम्यान रितेश पोर्तेलले प्रश्न तेर्साएको छ। तटउनले भने, नगरपालिकाको इशाराबिना यति ठूलो बहुताटल्ले बिल्डिङको निर्माण हुनै सक्दैन। दार्जीलिङ जोन फोरमा पर्छ। यो कुरा दार्जीलिङ नगरपालिकाको चौकीमा बस्नेहरूलाई राम्रोसँग थाहा छ। तरै पनि आँखा चिम्लेर यति ठूलो अट्टालिका बिल्डिङको निर्माण कसरी हुदैछ पूर्व चेयरम्यान पोर्तेलले भने।








