कोलकाताः पश्चिम बंगालका राज्यपाल डा. सीवी आनन्द बोसले एक पल्ट फेरि इशारा-इशारैमा पश्चिम बंगाल सरकारमाथि हमला गरेका छन्। उनले राज्य सरकारले केन्द्रिय फण्डको आय-व्ययको हिसाब कन्ट्रोलर एण्ड अडिटर जनरल अफ इण्डिया (क्याग) लाई दिने नगरेको आरोप लगाउँदै आएका छन्। आज बिहिवार अडिट दिवसको अवसरमा राज्यपाल कन्ट्रोलर एण्ड अडिटर जनरलको अफिसमा पुगेका थिए।
कोलकाताको यस अफिसमा मीडियासित कुराकानी गर्दै गवर्नरले भने, अडिटरको भूमिका धेरै महत्वपूर्ण छ। मानिसहरूको कमाईलाई कहाँ कुन प्रकारले खर्चा गरिन्छ, क्यागले यसको पूरा हिसाब राख्दछ। यसको कामको स्वागत गर्नु प्रशासनको दायित्व हो। सीएजी सदैव मानिसहरू सामू सत्य राख्दछ। को दोषी हो र को दोषी होइन, क्यागले यो हेर्दछ। यसैले राज्य सरकारले उसको काममा सदैव सहयोग पुऱ्याउनुपर्छ।
-हिस








