कोलकाताः केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई) ले बिहिवार शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा मेराथन छापा मारेको छ। यसबीच मुर्शिदाबादको डोमकलबाट तृणमूल कांग्रेसका विधायक जफीकुल इस्लामको घरबाट भारी मात्रामा नगदी जफत गरेको छ। यद्यपि, कति क्याश भेटिएको छ, यसबारे सीबीआईले कुनै जानकारी दिएको छैन तर अधिकारीहरूले भने, करोड़ौं रूपियाँ भेटिएको छ। सीबीआईको टीम रूपियाँ गन्ने मशीन लिएर उनको घर पुग्यो।
बिहिवार बिहान जब केन्द्रिय एजेन्सीका अधिकारी छापा मार्नपुगे तर उनको घर पछाड़ी दुई बोरामा फ्याकिएको संदिग्ध दस्तावेज जफत गरिएको छ। यसलाई जफत गरी यसको जाँच शुरू गरिएको छ। केन्द्रिय एजेन्सीको एक सूत्रले भन्यो, यी दस्तावेजहरूको इलेक्ट्रोनिक जाँच गरिनेछ। बिहान लगभग ६.३० बजी केन्द्रिय एजेन्सीका अधिकारीहरूको एक दल अर्ध सैनिक बलहरूको साथ बड़ग्या क्षेत्रमा विधायकको घरमा छापा माऱ्यो। अहिले विधानसभाको शीतकालीन सत्र चलिरहेछ, यसैले तृणमूल कांग्रेसका विधायक कोलकातामा छन्।
सूत्रहरू अनुसार, दुवै शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा पक्रा परेका तृणमूल नेता कुन्तल घोषका करीबी हुन्। सीबीआईले केन्द्रिय अर्धसैनिक बलहरूको मद्दतले विधायकको घरलाई चारैतिरबाट घेरेर तलाशी अभियान शुरू गरेको छ।
-हिस








