सीबीआईले तृणमूल विधायकको घरको पछाड़ी जफत गऱ्यो दुई बोरा संदिग्ध दस्तावेज

IMG-20230410-WA0169-11-300x172-9

कोलकाताः केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई) ले बिहिवार शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा मेराथन छापामारी गरेको छ। मुर्शिदाबादका तृणमूल कांग्रेसका विधायक जफीकुल इस्लामको घर जब सीबीआई अधिकारी छापा मार्नपुगे तब उनको घरको पछाड़ीबाट दुई बोरामा फ्याँकिएको संदिग्ध दस्तावेज जफत गरिएको छ। यसलाई जफत गरी यसको जाँच शुरू गरिएको छ।

केन्द्रिय एजेन्सीको एक सूत्र अनुसार, यी दस्तावेजहरूको इलेक्ट्रोनिक जाँच गरिनेछ। बिहान लगभग ६.३० बजी केन्द्रिय एजेन्सीका अधिकारीहरूको एक दल अर्ध सैनिक बलहरूको साथ बड़ग्या क्षेत्रमा विधायकको घरमा छापा माऱ्यो। यसपछि यहाँको स्थानीय कारोबारी सुजल अन्सारीको घरपनि तलाशी अभियान चलाइएको छ।

सूत्रहरू अनुसार, दुवै शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा पक्रा परेका तृणमूल नेता कुन्तल घोषका करीबी हुन्। सीबीआईले केन्द्रिय अर्धसैनिक बलहरूको मद्दतले विधायकको घरलाई चारैतिरबाट घेरेर तलाशी अभियान शुरू गरेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement