कोलकाताः तेल ट्याङ्करको चपेटमा पर्दा एक बाइक सवारको मृत्यु भय़ो। दुर्घटना बिहिवार बिहान कोलकाताको महेशतला थाना अन्तर्गत पुरानो पोस्ट अफिस नजिक सम्प्रीति फ्लाइओवरमा भयो। खबर लेखिञ्जेलसम्म मृतकको पहिचान हुन सकेको थिएन। पुलिस सूत्रहरू अनुसार, मृतकको अनुमानित आयु लगभग ४० वर्ष छ।
पुलिस सूत्रहरू अनुसार, बाइक सवार बजबजदेखि तारातला गइऱहेको थियो। अर्कोतिर, ट्याङ्कर कोलकातातिर आइऱहेको थियो। त्यही समय बाइक अचानक देब्रेदेखि दाहिनेपट्टी गयो, जसबाट यो दुर्घटना घट्यो। दृश्यता नभएको कारण ट्याङ्करले बाइक सवारलाई कुल्च्यो। स्थानीय मानिसहरूले पुलिसलाई सूचना दिए।
सूचना पाएर महेशतला थाना पुलिस घटनास्थमा पुग्यो। व्यक्तिलाई गम्भीर अवस्थामा अस्पताल लगियो, जहाँ डाक्टरहरूले उसलाई मृत घोषित गरे। पुलिसले शवलाई पोस्टमार्टमको निम्ति पठायो। पुलिसले आरोपित ट्याङ्कर चालकलाई खोजीरहेछ।
-हिस








