अलिपुरद्वारः पत्नीसित झगड़ा गरेपछि पतिले आत्महत्या गरेको घटना अघि आएको छ। यो घटना बिहिवार बिहान अलिपुरद्वार जिल्लाको रंगालीबजना ग्राम पञ्चायतको गोपालपुर चिया कमानको हो। मृतकको नाम किरण ओराव (३२) बताइएको छ।
मृतककी पत्नी बिपाशा ओरावले भनिन्, उनको पतिलाई मदिराको लत थियो। यस कुरालाई लिएर उनीहरूबीच प्रायः झगड़ा हुनेगर्थ्यो। बुधवार रातिपनि पतिको साथ उनको झगड़ा भएको थियो। जसपछि पति घरबाट निस्क्यो। पछि बिहिवार बिहान उसको शव घर नजिक एउटा रूखमा झुण्डेको पाइयो।
सूचना पाएर बीरपाड़ा थाना पुलिस घटनास्थलमा पुग्यो र शवलाई पोस्टमार्टमको निम्ति पठायो। असामान्य मृत्यु मामिला दर्ता गरी पुलिसले जाँच शुरू गरेको छ। घटनापछि क्षेत्रमा भारी तनावको माहोल छ। स्थानीय मानिसहरूले घटनाको जाँचको माग गरेका छन्।









