शब्द समय सालबारीको १२४औँ प्रकरण सम्पन्न

IMG-20231130-WA0182.jpg

खरसाङ: प्रत्येक महिना हुने साहित्यिक कार्यक्रम शब्द समय सालबारीको १२४औँ प्रकरण स्थानीय सयपत्री संघ भवनमा सम्पन्न भयो। प्रथममा शब्द समयमा सहभागी बन्न आइपुगेका नेपालका अतिथिहरूमा महाकाव्यकार डम्मरू वल्लभ भण्डारी, साहित्यकार रमेन्द्र कोइराला, कवि पुष्पा नेपाल सुवेदी, कवि शकुन्तला मञ्जरी, कवि-संस्कृतिकर्मी छत्र काफ्ले, कवि खेमलाल पोख्रेल, कवि गोपाल संग्रौला, नाटककार-कवि भरत गुरागाइँ बर्बरिक, कवि-समालोचक दीपक सुवेदी, व्यङ्ग्य कवि माधव पोख्रेल गोज्याङ्ग्रे, अभियन्ता-समाजकर्मी सेरबहादुर थापा, कवि गायत्री गुरागाइँ, कवि प्रिन्स प्रमोद ढकाल, कवि चिरञ्जीवी काफ्ले, कवि भगवती ढुङ्गेल, कवि राधा सुवेदी, साहित्यकार शारदा दाहाल भण्डारी अनि असमबाट आएका कवि-साहित्यकार डा. जगन्नाथ उपाध्यायलाई शब्द समय सालबारीमा स्वागत जनाउँदै वरिष्ठ चलचित्र अभिनेता टंक शर्मा, वरिष्ठ साहित्यकार अनि राजनैतिक चिन्तक डीएस बम्जन, वरिष्ठ कवि समालोचक प्रा. डा. सञ्जय वान्तवा, कवि-अध्येता-चिन्तक ज्ञानेन्द्र खतिवडा, वरिष्ठ कवि-कथाकार मोहन ठकुरी अनि शब्द समयका संयोजक युग्मककार कालूसिंह रनपहेलीले खदा पहिर्याएर स्वागत जनाए। पत्रकार-सम्पादक शैलेन्द्र ‘समदर्शी’-द्वारा स्वागत सम्बोधन राखिएपछि यस प्रकरणको वीज सम्बोधन वरिष्ठ कवि-समालोचक प्रा. डा. सञ्जय वान्तवाले राखे। आफ्नो सम्बोधनमा उनले नेपाली गद्य साहित्यका कुराहरू राखिरहेका थिए। उनले नेपाल र भारतका नेपाली गद्य लेखनको परम्परामाथि प्रकाश पार्दै साहित्यको श्रीवृद्धिमा गद्यको भूमिकाबारे मननीय कुराहरू राखे। यस अवसरमा नेपाल र भारतका सर्जकहरूले आफ्ना सिर्जनाहरू वाचन गरे। यस क्रममा नेपालबाट आएका अतिथि साहित्यकारहरूमा महाकाव्यकार डम्मरू वल्लभ भण्डारी, कवि-समालोचक दीपक सुवेदी, साहित्यकार रमेन्द्र कोइराला, कवि पुष्पा नेपाल सुवेदी, कवि शकुन्तला मञ्जरी, कवि छत्र काफ्ले, कवि खेमलाल पोख्रेल, नाटककार-कवि भरत गुरागाइँ बर्बरिक, व्यङ्ग्य कवि माधव पोख्रेल गोज्याङ्ग्रे, कवि गायत्री गुरागाइँ, कवि प्रिन्स प्रमोद ढकाल, कवि चिरञ्जीवी काफ्ले, कवि भगवती ढुङ्गेल, कवि राधा सुवेदी, कवि शारदा दाहाल भण्डारी, असमबाट आएका कवि-साहित्यकार डा. जगन्नाथ उपाध्यायले सिर्जनाहरू वाचन गरेका थिए भने उपस्थित सर्जकहरूमा वरिष्ठ कवि मोहन ठकुरी, कथाकार-अनुवादक-सम्पादक खडकराज गिरी, कवि निर्मल सिन्चुरी, बुकुने कथाका सर्जक मणिकुमार प्रधान, कवि कविता भट्टराई, कवि मोनिका प्रधान, रम्भास कवि लीलबहादुर सुनार, कथाकार सुभाष छेत्री, कवि गङ्गा प्रधान, कवि पूर्ण मंगर आदिले रचना पठन गरेका थिए। शब्द समयका संस्थापक सदस्य वरिष्ठ साहित्यकार-कवि-अध्येता ज्ञानेन्द्र खतिवडाले यस अवसरमा आफ्नो छोटोे सम्भाषण राखे। उनले भारत र नेपालका सर्जकहरूको समागम रहेको यो प्रकरण खुबै महत्त्वपूर्ण रहेको जनाउँदै यसले अर्कासित परिचय साट्ने अवसरका साथै एका-अर्काका लेखन प्रवृति र सिर्जनागत मनोभाव बुझ्ने अवसर पाएको बताए। उनले अतिथि सर्जकहरू लगायत उपस्थित सबैलाई धन्यवाद जनाए। सम्पूर्ण कार्यक्रमलाई शब्द समयका संयोजक युग्मककार कालूसिंह रनपहेंलीले सञ्चालन गरेका थिए। यस अवसरमा वरिष्ठ साहित्यकार आइ.एन.शर्मा, वरिष्ठ कथाकार-अनुवादक जीतबहादुर सुनार, बिजनबारीबाट आएकी कवि शोभित राईकी छोरी रेचा राई आदिको विशेष उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement