कोलकाताः शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा बिहिवार बंगालमा चलिरहेको केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई) को छापामारी अभियानमा तृणमूल कांग्रेसले तीखो प्रतिक्रिया व्यक्त गरेको छ। पार्टीले सीबीआईको कारबाहीलाई एक दिनअघि कोलकातामा भएको केन्द्रिय गृहमन्त्री अमित शाहको जनसभासित जोड्दै दाबी गरेको छ, सभाको विफलतालाई लुकाउन भाजपाले सीबीआईलाई काममा लगाइऱहेछ।
बिहिवार बिहानैदेखि शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा राज्यमा चार अलग-अलग ठाउँ छापा मारेको छ। राजारहाट र कोलकातामा तृणमूल पार्षद देवराज चक्रवर्ती र बप्पादित्य दासगुप्ताको घर तथा मुर्शिदाबादको डोमकलमा तृणमूल विधायक जफीकुल इस्लामको घर सीबीआईको टीम पुगेको छ। कोचबिहारमा पनि केन्द्रिय एजेन्सीले रेड गरेको छ। यसलाई सत्तारूढ़ पार्टी तृणमूल कांग्रेसले प्रतिशोधको कारबाही ठहर गरेको छ।
पार्टी प्रवक्ता कुणाल घोषले भने, एक दिनअघि बुधवार केन्द्रिय गृहमन्त्री अमित शाहको जनसभा विफल रहेको छ। उनको सम्बोधन पनि सुपर फ्लप रहेको छ। यही विफलतालाई लुकाउन बिहिवार बिहानदेखि सीबीआईले काम गरिरहेछ। सीबीआईको पूरा कारबाही राजनीति प्रतिहिंसा हो। यसबाट केहीपनि हासिल हुनेछैन।
यद्यपि, भाजपाले प्रतिक्रिया दिँदै पार्टी प्रवक्ता शमीकभट्टाचार्यले भने, तृणमूल राज्यले राजनीतिक विरोधीहरूलाई मौन गराउन सीआईडीको प्रयोग गर्दछ। यो नीति भाजपाको छैन। सीबीआईको कारबाही नरेन्द्र मोदी सरकारको भ्रष्टाचारप्रति जीरो टलरेन्स अन्तर्गत भइऱहेछ। शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा सीबीआई छापामारी भइरहेछ, जसको भाजपा वा केन्द्र सरकारसित कुनै सरोकार छैन। यो सीधा रूपमा कलकत्ता हाईकोर्टको आदेशमा भइऱहेछ र कोर्टले नै पूरा प्रक्रियाको निगरानी गरिरहेछ।
-हिस








