गान्तोक: मंगन जिल्लाको कायमदेखि तिङभोङ जोडने पुल निर्माण कार्यलाईलिएर जङ्गुका महकुमा अधिकारी सोनम रिञ्चेनसँग एक सभा सम्पन्न भयो। उक्त सभामा विभिन्न विभागका अधिकारीहरूले पनि सहभागिता जनाएका थिए।सर्वप्रथम महकुमा अधिकारीको नेतृत्वमा विभिन्न विभागका अभियन्ताहरूले निर्माणधीन अवस्थामा रहेको पुलको निरीक्षण गरेपछि सभा गरे। उक्त पुलको निर्माणकार्य वर्ष २०२३ सम्म पुरा गरिनु पर्ने विषयमा छलफल गऱियो। सभामा उक्त पुलका ठेकादारले महकुमा अधिकारीसमक्ष अहिलेसम्मको पुलको तकनिकी रिपोर्ट प्रस्तुत गरे। महकुमा अधिकारीले जतिसक्दो शीघ्र पुलको निर्माण कार्य पुरा गरिनु पर्ने सम्वन्धित निकायलाई निर्देश दिएका छन्।