मानव उत्थान सेवा समितिको देशभरि दुई लाखभन्दा अधिक विरूवा रोप्ने लक्ष्य

IMG_20220721_222957.jpg

गान्तोक: मानव उत्थान सेवा समिति तथा मानव धर्मका प्रणेता सदगुरुदेव सतपालजी महाराजजीको आज्ञा तथा दिशा निर्देशनमा १० जुलाईदेखि २४ जुलाई २०२२ सम्म भारतभरी समितिका प्रत्येक तहसीलहरुमा बिभिन्न प्रजातिको विरूवा रोप्ने संकल्प लिएको छ।

विशेषगरि आज बढदो वैश्विक तापमान वायु प्रदूषण र घटदो रुखपातको काऱणले गर्दा यस प्रकारको निर्णय लिएको हो। यता सिक्किम राज्यले पनि १० जुलाईदेखि २४ जुलाईसम्म गुरुमहाराजजीको दिशा निर्देशन र आज्ञालाई पालन गर्दै सिक्किम राज्यको छ वटा जिल्लाहरुको नवौं तहसीलहरुमा पनि प्रभारी संत-महात्मागणको विशेष उपस्थितिमा बृहत रूपमा विरूवा रोपण भईरहेको छ।यसरी नै आज पाकिम जिल्ला अधिनस्थ नाम्चेबुङस्थित निर्माणधीन समिति मन्दिर परिसरमा पनि सिक्किम दार्जीलिङ हिमाली क्षेत्र प्रचार- प्रसार प्रभारी महात्मा अखिलेश बाईजीको विशेष उपस्थितिमा एकसय पानी सहाज र पचास जति पयूँको बिरुवा रोपेको सिक्किम राज्य समिति अध्यक्ष पूर्ण योञ्जन र सिक्किम मंडल प्रमुख प्रवीण गुरुङले जानकारी दिएका छन।यो विरूवा रोपण कार्यलाई २४ जुलाईसम्म निरन्तर रोप्ने साथै धेरै ठाऊँहरुमा जड़ीबूटीका बिरुवाहरु पनि लगाउने थप जानकारी गराए।

About Author

Advertisement