कालचिनी: कालचिनी ब्लकको राजाभातखावा इलाकामा ट्रेनको अघि रेलवे ट्र्याकमा अचानक एउटा जङ्गली हात्ती आएपछि लोको पायलटले इमरजेन्सी ब्रेक लगाएर ट्रेन रोकेपछि हात्तीको ज्यान बचाएको छ। प्राप्त जानकारी अनुसार राजाभातखावा क्षेत्रमा आज १३१५० डाउन ट्रेनको अघि रेलवे ट्र्याकमा अचानक एउटा जङ्गली हात्ती आयो। यसपछि लोको पायलटले इमरजेन्सी ब्रेक लगाएर ट्रेन रोकेपछि हात्तीको ज्यान बचाउन सफल भएको बताइएको छ। स्मरण रहोस्, गत सोमबार यसै क्षेत्रमा ट्रेनको चपेटमा परेर ३ वटा जङ्गली हात्ती मरेको थियो।









