कालेबुङः हिल प्लान्टेसन एम्प्लोइज युनियन (HPEU) दार्जिलिङ र कालेबुङ जिल्लाको पहाडी क्षेत्रका बगानहरूमा सक्रिय एक नवगठित ट्रेड युनियन हो। यसलाई ट्रेड युनियन ऐन, १९२६ अन्तर्गत २० अप्रेल, २०२३ को दिन दर्ता गरिएको छ (दर्ता नम्बर: २९५७९)। कालेबुङः हिल प्लान्टेसन एम्प्लोइज युनियनको मुख्य उद्देश्य सबै चिया अनि सिङ्कोना प्लान्टसन् मजदुरहरूको कानूनी अधिकार सुनिश्चित गर्नु र चिया उद्योग र सिन्कोना बगैंचाको समग्र विकास गर्नु हो। हिल प्लान्टेसन एम्प्लोइज युनियन (HPEU) को तर्फबाट रिङटाङ चिया बगानका मजदुरहरूसँग उचित परामर्श अनि छलफल पछि हामी रिङटोङ चिया बगानका चिया बगानका कर्मचारीहरूको निम्ति केही मागहरू राख्दै युनियनले एउटा विज्ञप्ती जारी गरेका छन्। विज्ञप्तीमा उल्लेख मागहरू
१. लेबर कमिसनरद्वारा मिति ०३.०८.२०२३ (मेमो नम्बर – ७९/एमआइएसी-२१/२३ काे-भेड/एलसी) मा निकालेको अर्डर अनुसार रिङटोङ चिया बगानको व्यवस्थापनले हाजिरा वृद्धिको आदेशको पालना गरेको छ। तर चिया मजदुरको दैनिक ज्याला २५० रुपियाँ पुगे पनि यस कमानमा श्रमिकहरूले बढेको हाजिराको एरियर अहिलेसम्म पाएका छैनन्। अहिलेसम्म व्यवस्थापनले लेबर कमिसनरको यस आदेशको पालना गरेको हुनुपर्ने थियो र ०१.०६.२०२३ देखि लागू हुने गरी १३ अगस्ट, २०२३ को दिन भित्र एरियर प्रधान गर्नुपर्ने थियो। तसर्थ, सोही आदेश अनुसार रिङटाङ कमानका श्रमिकहरूलाई तपाईंको कार्यालयले यथाशीघ्र एरियर भुक्तानी गरिदिनु पर्ने माग गरेको छ।
२. चिया उद्योगका मालिक र प्रबन्धकहरूले माननीय उच्च न्यालयको १ तारीख अगस्ट, २०२३ को आउँदो ६ महिना भित्र चिया श्रमिकहरूको न्यूनतम ज्याला पक्का गर्नुपर्ने आदेशलाई स्वीकारेर त्यसको पालना गर्नपर्छ। न्यूनतम ज्याला ऐन, १९४८ मा भनिएको नापदण्ड अनुसार सोही आदेशको मितिलाई हिसाबमा राखेर आगामी ६ महिनाभित्र चिया बगानका मजदरहरूको न्यूनतम ज्याला लागू गरेको हुनुपर्छ र त्यसलाई कार्ययान्वयन गर्दै रिङटोङ कमानको मजदुरहरूले उचित न्याय पाउनुपर्छ। यी मागहरू चाँडै नै पहल गर्नेछ भनी युनियन विश्वस्त गरेको छ।








