अलिपुरद्वार: अलिपुरद्वार जिल्लाका पुलिस अधीक्षक वाई रघुवंशी बिहीबार बिहान जटेश्वर हाईस्कूल मैदानमा लागुऔषध दुर्व्यसन विरुद्ध सचेतना जगाउन आएका थिए। यस दिन उनी आफैं विद्यार्थीसँग मैदानमा गएर शारीरिक व्यायाम गरेका थिए। यसअघि जिल्ला पुलिस कार्यालयले विभिन्न क्षेत्रमा पुलिस जाने घोषणा गरेको जिल्ला पुलिस अधीक्षकले आज जटेश्वरको मैदानमा आएका छ। उनले लागुऔषध सेवन गर्नेको संख्या घटाउनुपर्ने पनि बताए। हामी सचेत भयौं भने अवश्य कम हुन्छ। युवाहरू व्यायाम र खेलकुदमा अगाडि भए गलत दिशामा जाने प्रवृत्ति कम हुन्छ।

यस दिन फालाकाटा पुलिस थानाका आईसी समित तालुकदार, जटेश्वर चौकीका ओसी अमित शर्मालगायतका पुलिस अधिकारीहरू उपस्थित थिए।







