गान्तोक: उपचारको क्रममा गत २१ नोभेम्बरको दिन मुम्बईमा निधन भएका राजकुमार तेञ्जिङ जिग्मी नामग्यालको आज राजकीय सम्मानको साथमा दाह संस्कार गरियो। यस अवसरमा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले पनि उनको घरमा पुगेर अन्तिम श्रद्धाञ्जली अर्पण गरे। आज बिहान उनको निजी निवास विकास क्षेत्रमा पुगेर मुख्यमन्त्रीले उनलाई श्रदधाञ्जली अर्पित गरेका हुन्। उनी ११औं छोग्याल राजा टाशी नाम्गायलका नाती हुन्। ६१ वर्षको उमेरको उनको मृत्यु भएको बताइएको छ। उनको अन्तिम संस्कारमा मुख्यमन्त्री लगायत मन्त्रीगण, विधायकगण लगायत अन्यहरूले पनि सहभागिता जनाएका थिए। मुख्यमन्त्रीले यस घडीमा शोककुल परिवारलाई ईश्वरले सहन गर्ने शक्ति प्रदान गरून् भनि कामना गरेका छन्।










