पाकिममा पनि पालन गरिने विजयी उत्सव

IMG-20220721-WA0181.jpg

पाकिम: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङको दिशा निर्देश बमोजिम पाकिम जिल्लामा राष्ट्रपति द्रोपदी मुर्मुको जितलाई लिएर विजयी उत्सव मनाउन एक सभा सम्पन्न भयो। पाकिम जिल्लाको सामुदायिक भवनमा सम्पन्न भएको सभामा विधायक एम प्रसाद शऱ्मा, विधायक विष्णु कुमार खतिवडा, सिक्किम विधानसभाका अध्यक्ष एलबी दास, जिल्लापाल लगायत विभिन्न विभागका प्रमुखहरूको उपस्थिति रहेको थियो। उक्त कार्यक्रमलाई सफल तुल्याउनको निम्ति विधायक एम प्रसाद शर्मालाई संयोजककोरूपमा मनोनित गरिएको छ भने सुनिता दाहाललाई उपसंयोजिकाकोरूपमा मनोनित गरेको छ।

About Author

Advertisement