सामाजिक संस्था फ्रेण्डस् फरेवरद्वारा सामाजिक कार्य गर्दै रंगमुक चन्द्रमानधुराका एकजना निरीह व्यक्ति चन्द्रबहादुर तामाङलाई गराए उपचार

IMG-20220519-WA0141.jpg

सोनादा। सामाजिक संस्था फ्रेण्डस् फरेवरद्वारा सामाजिक कार्य गर्दै रंगमुक चन्द्रमानधुराका एकजना निरीह व्यक्ति चन्द्रबहादुर तामाङलाई सहयोग गरेका छन्। फ्रेण्डस् फरेवरको टोली स्थानीय प्रतिक्षा प्रधानको पहलमा रंगमुकको चन्द्रमानधुरा पुगेर उक्त व्यक्तिलाई उध्दार गरी उपचार गरेका छन्। उक्त व्यक्ति लामो समयदेखि एक्लै बस्दै आएको र धेरै बिमारीहरूले गर्दा शारीरिक रुपमा असक्षम बनेको कारणले उनलाई फ्रेण्डस् फरेवरको टिमले उद्धार गरी डाक्टर देखाएर दबाई पानी गर्नुको साथै राशन पानीहरू पनि उपलब्ध गराइएको जानकारी फ्रेण्डस् फरेवरको संस्थापक प्रणय राईले बताएका छन्। उनले उक्त व्यक्तिलाई कुनै अाश्रममा राखिने भनिएपनि आश्रमतिर कुनै ठाउँ नभएकोले गर्दा उनलाई कुनै आश्रममा राख्नलाई ३-४ महिना पर्खनु पर्ने भएकोले अहिले उपचारको चलिरहेको अनि चाहिने राशनहरू उपलब्ध गराइएको जानकारी गराएका छन्। राईले बताए अनुसार उनको परिवारमा कोही नभएको कारणले गर्दा उनको उपचार चलिरहेको र चाहिने राशनहरू पनि पुन: आगामी केही दिनभित्रमा सहयोग गरिने भएको जानकारी गराइएको छ। उक्त व्यक्तिको लागि संस्थाले शारीरिक रुपमा असक्षम बनेको प्रमाण पत्र पनि बनाउन कार्य गरिरहेको बताएका छन्। उल्लेखनीय छ फ्रेण्डस् फरेवरद्वारा विभिन्न सामाजिक कार्यहरू लगातार रुपमा गर्दै आईरहेका छन्। यसै क्रममा उनीहरूले सोनादा क्षेत्र अन्तर्गत रंगमुकको चन्द्रमानधुरा पुगेर उक्त व्यक्तिलाई उध्दार गरी उपचार गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *