एसबीओसीडब्ल्यूडब्ल्यूबीको ४७औं बैठक सम्पन्न

n56088199617012725918205313fa3b7bab1444b9132f9319118794b0a0aac913c856dda9991a95c7e73075.jpg

गान्तोक: सिक्किम भवन तथा अन्य निर्माण श्रमिक कल्याण बोर्ड (एसबीओसीडब्ल्यूडब्ल्यूबी) को ४७औं बैठक आज गान्तोकको श्रम भवनमा बस्यो। बैठकको अध्यक्षता श्रम विभाग मन्त्री लोकनाथ शर्मा, मन्त्रीले गरेको थियो।

बैठकमा श्रम विभागका सचिव रगुल के, विशेष श्रम आयुक्त डीएस कुँवर, वित्त विभागका निर्देशक पीजी लक्सम, सडक तथा पुल विभागका अतिरिक्त सचिव छिरिङ एल लाचुङ्पा तथा एनएचपीसी टिस्टा पॉंच, एनएचपीसी रंगीत, सिक्किम उर्जा, ग्रेफ र १२९ आरसीसीका प्रतिनिधिहरू आदि उपस्थित थिए।

बैठकमा मन्त्री शर्माले भवन तथा अन्य निर्माण श्रमिकहरूलाई प्रधानमन्त्री जीवन ज्योति बीमा योजना, प्रधानमन्त्री सुरक्षा बीमा योजना र प्रधानमन्त्री जन आरोग्य योजना अन्तर्गत समावेश गर्न बल दिए। उनले स्थापित दिशानिर्देशहरू अनुसार सबै श्रमिकहरूलाई लाभान्वित गर्न योजनाहरूको आक्रामक कार्यान्वयन गर्न आग्रह गरे।

उनले सबै श्रमिकहरूलाई यो योजना अन्तर्गत समावेश गर्न सचेतना अभियानमाथि पनि बल दिए। मन्त्री शर्माले मुख्यमन्त्री प्रेमसिंह तामाङको सबै जिल्लामा रहेका मजदुर र तिनका परिवारलाई अधिकतम लाभ पुऱ्याउने सोच रहेको अवगत गराए।

बैठकमा ई-श्रम पोर्टलमा सबै श्रमिकहरूको पञ्जीकरण र वञ्चित श्रमिकहरूलाई विपद् राहत सहायता वितरण लगायतका विषयमाथि पनि विस्तृत छलफल भएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement