गान्तोक: आगामी एक दिसम्बरदेखि उत्तर सिक्किम पर्यटकहरूको निम्ति खुल्ला हुनेछ। गत ३-४ अक्टोबर, २०२३ को त्रासदीपछि पर्यटकहरू उत्तर सिक्किमको भ्रमणमा जान सकेका थिएनन्।
मंगन जिल्ला प्रशासनले आज एउटा सूचना जारी गर्दै उत्तर सिक्किम घुम्न इच्छुक पर्यटकहरू अब एक दिसम्बरदेखि जान सक्ने जानकारी गराएको छ।
सूचनामा भनिएको छ, उत्तर सिक्किम घुम्न चाहने पर्यटकहरूलाई लाचुङ र युमथाङ जान अनुमति दिइने छ। यद्यपि, जिल्ला प्रशासनले केही शर्तहरू पनि निर्धारित गरेका छन्। पर्यटक वाहनहरू साङकालङ्ग-टूङ-चुङथाङ मार्गमा कन्भोयमा यात्रा गर्नुपर्नेछ।
यस अतिरिक्त, साङकालङ्ग-टूङ-चुङथाङ मार्गमा सॉंझ चार बजीदेखि कुनै पनि पर्यटक वाहनलाई जान अनुमति दिइने छैन। यद्यपि, कुनै प्रकारको अनिवार्यता भएको खण्डमा टास र पर्यटन विभागले आवश्यक सहायता उपलब्ध गराउनु पर्ने कुरा सूचनामा उल्लेख छ।
उत्तर सिक्किमको लोचन र गुरुदोङमार भने अहिले पर्यटकहरूलाई जान निषेध गरिएको छ।









