दार्जिलिङ: जी २० का प्रमुख संयोजक तथा दार्जीलिङ वेलफेयर सोसाइटीका अध्यक्ष हर्षवर्धन श्रृङ्लाले आज दार्जिलिङको चोक बजारमा रहेको भानुभक्त प्राथमिक पाठशालाको भ्रमण गरेका छन्। विशेष उक्त विद्यालयमा प्राथमिक विद्यालयको उनका पिता छिरिङ तेन्दुफलाले आफ्नो प्राथमिक शिक्षा हासिल गरेका थिए भने त्यसपश्चात् उनी सेन्ट रोबर्ट स्कूल र त्यसपछि नर्थ पोइन्ट कलेजमा आफ्नो अध्यापन गरेका थिए। हर्षवर्धन श्रृङ्लाले आफ्नो पिताको स्मरण गर्दै उक्त विद्यालयको भ्रमण गरेका छन्। भ्रमण अवधि उनले विद्यार्थीहरूलाई मिठाई अनि पौष्टिक आहारहरू पनि वितरण गरे। उनले विद्यालयलाई एउटा टीभी पनि प्रदान गर्दै विद्यालयमा शिक्षालाई अझ विकास गर्नका निम्ति सर सामानहरू दिने भन्दै भविष्यका दिनहरूमा पनि विद्यालयको निम्ति सहुलियत प्रदान गर्ने वचन दिए। आजको भ्रमण साथै विद्यालयका निम्ति सहयोग गरिदिने वचन दिएकोमा विद्यालयको पक्षबाट विद्यालयका प्रधानाध्यापकले हर्षवर्धन श्रृङ्लाप्रति कृतज्ञता प्रकट गरेका छन्।









