खरसाङ शहरलाई स्वच्छ राख्न नगरपालिका र व्यवसायी संगठनमाझ सभा सम्पन्न

IMG-20231129-WA0172.jpg

खरसाङ: खरसाङ नगरपालिका, खरसाङ व्यवसायी संगठन अनि साग-सब्जी बिक्रेता संगठनको एक सभा खरसाङ नगरपालिका कार्यालयमा सम्पन्न भयो। यो सभामा खरसाङ शहरलाई स्वच्छ राख्नको निम्ति फोहोर-मैला प्रबन्धन परियोजना, आगामी मुख्यमन्त्रीको खरसाङ आगमन, शहरमा रहेका मैलादानी, नगरपालिका कर्मबन्धुहरूद्वारा घर-दैलोबाट फोहोर-मैला उठाउने कार्य अनि अन्य विषयहरूमा चर्चा भयो।चर्चामा नगरपालिका पक्षले विभिन्न सुझाउहरू राख्दै शहरलाई स्वच्छ राख्नको निम्ति संगठनहरूसित सहयोगको अपिल गरे भने संगठनहरूका प्रतिनिधिहरूले पनि विभिन्न सुझाउहरू राखेका थिए। खरसाङ नगरपालिका प्रशासनिक बोर्ड उपाध्यक्ष सुवास प्रधानले जानकारी गराए अनुसार खरसाङ
नगरपालिकाले शहरलाई स्वच्छ राख्नको निम्ति फोहोर-मैला प्रबन्धन अर्थात सोलिड वेस्ट मेनेजमेन्ट प्रकल्प अन्तर्गत विविध कार्य गरिरहेको छ।वर्तमानमा नगरपालिकाका कर्मबन्धुहरूले घर-दैलोमा आएर फोहोर-मैला संकलन गरिरहेका छन्‌। फोहोर-मैला थिप्रिएर दुर्गन्ध सृजना हुने मैलादानीहरू नगरपालिकाले बन्द गरेको छ।रहेका मैलादानीहरू पनि बन्द गर्ने छ। बन्द गरिएका यस्ता मैलादानीहरू रहेको स्थानमा नगरपालिकाले शहरलाई सुन्दर बनाउन राम्रा-राम्रा कुराहरूको निर्माण गर्ने विचार राखेको छ। फोहोर-मैला प्रबन्धनको निम्ति नगरपालिकाले लागु गरेको सरकारी नियमहरू सबैले पालन गर्नु पर्ने अपिल गर्दै भने, घर-दोकानहरूबाट निस्किएको फोहोर-मैला नगरपालिकाका कर्मबन्धुहरूलाई दिनपर्छ। कसैले रातीको समयमा फोहोर-मैला दोकानको अघि राखिदिन्छन्‌ भने यस्ता व्यक्तिहरूलाई कार्वाही गरिनेछ। नगरपालिकाले शहरको विभिन्न स्थानमा फोहोर-मैला प्रवन्धनको निम्ति शुल्क चार्टहरू टाँगेको छ। यो शुल्क सरकारी नियम अनुसार लागु गरिएको हो। आगामी ६ दिसम्बरको दिन मुख्यमन्त्री खरसाङ आइरहेकी छिन्‌। मुख्यमन्त्रीका साथै खरसाङमा विशिष्ट व्यक्तिहरूको पनि आगमन हुनेछ। सायद मुख्यमन्त्री खरसाङमा केही दिन रहन्छिन्‌। मुख्यमन्त्रीको खरसाङ भ्रमणलाई ध्यानमा राखेर शहरलाई स्वच्छ बनाई राख्ने हामी अपिल गर्छौँ। खरसाङ शहरलाई पर्यटक स्थलको रुपमा अघि बढ़ाउनको निम्ति पनि खरसाङ शहर स्वच्छ र सुन्दर बनाउन आवश्यक छ। प्रधानले व्यवसायी संगठनहरूसित व्यपारीहरूले दोकान अघि फूलका गमलाहरू राखिदिने र खरसाङ शहर हरियाली अनि सुन्दर छ भन्ने देखाउने बारेमा पनि चर्चा भएको बताएका छन्‌। उनले मुख्यमन्त्रीको भ्रमणपछि फोहोर-मैला प्रबन्धनको निम्ति लागु गरिएका शुल्क उठाउने बताउँदै कानुनी कार्वाही गर्ने पनि चेताउनी दिएका छन्‌। खरसाङ व्यसायी संगठनको पक्षबाट सचिव राजेन्द्र प्रसाद अग्रवालले खरसाङ शहरलाई स्वच्छ राख्नको निम्ति आफूहरूले नगरपालिकालाई सहयोग गरिरहेको र यस दिशामा कार्य गरिरहेको बताउँदै व्यपारीहरूलाई यसको निम्ति सहयोगको अपिल गरे। सभामा नगरपालिका प्रशासनिक बोर्ड अध्यक्ष ब्रिगेन गुरुङ, सेनिटेरी इन्सपेक्टर रमेश सुब्बा, एसएई गोविन्द अधिकारी, खरसाङ व्यसायिक संगठनका सभापति फिरोज अख्तर, हिरेन त्रिखत्री अनि अन्यान्य उपस्थि रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement