गान्तोक: राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले हिजो सिक्किम मनिपाल विश्वविद्यालयका उपकूलपति दिलीप चन्द्र अग्रवाल साथै अन्य सदस्यहरूसँग राजभवनमा शिष्टचार भेट गरे। भेटको क्रममा राज्यपालाई उपकूलपतिले सिक्किम मनिपाल विश्वविद्यालद्वारा शुरू गरिएको विभिन्न गतिविधिबारे अवगत गराए। राज्यपालले मनिपाल विश्वविद्यालयको प्रशंसा गर्दै यस विश्वविद्यालयले तकनिकी, चिकित्सा साथै शिक्षाको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा खुशी प्रकट गरे। यस विश्वविद्यालयले विद्यार्थीहरूको शिक्षासँगै राष्ट्र निर्माणमा पनि योगदान पुऱ्याउँदै आएको अवगत गराए। सोही प्रकारले विद्यार्थीहरूलाई शिक्षासँगै उनीहरूको व्यक्तिगत विकासमा पनि यस विश्वविद्यालयले ध्यान दिएकोमा उनले सरहाना गर्दै वर्तमान परिपेक्ष्यमा व्यक्तिगत विकास पनि आवश्यक रहेको बताए।









