अल सिक्किम चर्चसको पहलमा राज्यस्तरीय शिखर प्रार्थना सभा आयोजना गरिने

IMG-20231129-WA0203.jpg

गान्तोक: अल सिक्किम चर्चसको पहलमा आगामी २२ दिसम्बरको दिन राजधानीस्थित पाल्जर स्टेडियममा राज्यस्तरीय प्रार्थना सभा आयोजना गरिने भएको छ। उक्त सभामा राज्यभरि साथै राज्य बाहिरबाट पनि शिखर प्रार्थना सभामा भाग लिनको निम्ति आउने आयोजक समितिका अध्यक्ष एल्डर पीडब्ल्यू लेप्चाले जानकारी गराएका छन्। आज राजधानीस्थित चर्चमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै लेप्चाले उक्त कुरा पत्रकाहरूलाई बताएका हुन्। उनले जानकारी गराए अनुसार सो प्रार्थना सभामा २१ वर्षपछि सिक्किम राज्यमा रेभ पल दिनाकरण र उनको सुपुत्र सामेल दिनाकरणले उपस्थिति दिने भएका छन्। एक दिवसीय सो कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ मुख्य अतिथिकोरूपमा उपस्थित रहने पनि उनले थप बताएका छन्। विशेष गरेर गत ४ अक्टोबरको दिन प्रकृतिक प्रकोपमा परि मृत्यु हुनेहरूको आत्माले शान्ति पावोस् भन्ने उद्देश्यले यो प्रार्थना सभा राखिएको लेप्चाको भनाइ रहेको छ। उनले थप जानकारी गराए अनुसार उक्त दिन विशेष गरेर एमजी मार्गमा प्रार्थना गरेपछि त्यहाँबाट सोझै पाल्जर स्टेडियममा प्रस्थान गरिने भएको छ। यस कार्यक्रमको प्रचार प्रसार गर्नको निम्ति आगामी १८-१९ दिसम्बरको दिन रम्फूदेखि गान्तोक र मल्लीदेखि जोरथाङ नाम्चीसम्म बाइक ऱ्याली आयोजना गरिने लेप्चाले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement