स्कूल बससित ठोकेर बाइक चालकको मृत्यु

c1d7f0d0-9fa0-4c61-a93f-2cf1a54f8ac8-1024x462.jpg

जलपाइगढ़ीः स्कूल बससित ठोकेर एक बाइक चालकको मृत्यु भय़ो। घटना सिलगढ़ी-जलपाइगढ़ी राष्ट्रिय राजमार्गमा राजगंज ब्लकको फाटापुकुर मोड़मा बुधवार दिउँसो भएको हो।

सूत्रहरू अनुसार, राजगञ्जबाट एक स्कूल बस छात्रहरूलाई लिएर फाटापुकुर हुँदै सिलगढ़ी आइरहेको थियो। तब फाटापुकुर मोड़ क्षेत्रमा बस एउटा बाइकसित ठोकियो। जसबाट बाइक चालकको घटनास्थलमै मृत्यु भयो। घटनापछि स्थानीय र राजगंज ट्राफिक पुलिसको मद्दतले घाइतेलाई राजगञ्ज ग्रामीण अस्पताल लगियो। जहाँ चिकित्सकहरूले उसलाई मृत घोषित गरे। खबर लेखिञ्जेलसम्म मृतकको पहिचान हुन सकेको छैन। राजगंज थाना पुलिस मृतकको पहिचान गर्नमा जुटेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement