उत्तरकाशीः उत्तरकाशी सिलक्यारा टनलमा फसेका ४१ जना मजदूरहरूलाई सुरक्षित बाहिर निकाल् प्रार्थना स्वीकार भयो। अपरेशन सिलक्यारा अऩ्तर्गत जब अन्तिम श्रमिकले टनल बाहिर आएर खुल्ला हावामा सास लिए तब देशका सम्पूर्ण वासिन्दाहरूले पनि राहतको सास लिए। देशका प्रधानमन्त्री नरेन्द्र मोदीले सिलक्यारा सुरूङ्गभित्र फसेका ४१ जना श्रमिकहरूलाई सकुशल बाहिर निकालिएकोमा मुख्यमन्त्री धामीलाई फोन कल गरेर शुभकामना दिए।
बुधवार मुख्यमन्त्री पुष्कर सिंह धामी सामुदायिक स्वास्थ्य केन्द्र चिन्यालीसौड़ पुगे जहाँ सुरूङ्गबाट निकालिएका ४१ जना मजदूरहरूलाई राखिएको छ। सीएमले मजदूरहरूलाई एक-एक लाख रुपियाँको चेक प्रदान गरे। त्यसपछि सीएम त्यहाँबाट फर्किए। यस अवधि उनले भने, अब एम्स ऋषिकेशमा मजदूरहरूको गहन जाँच हुनेछ, त्यसपछि उनीहरूलाई उनीहरूको घरमा पठाइनेछ।
-हिस









