मर्नुको डरले म्यान्मार सैनिकहरूले मिजोरममा फेरि प्रवेश गरे

48053b33-95d8-4c0f-8707-9d9d0e75bcf1

आइजोलः म्यान्मारमा गृह युद्ध जस्तो स्थितिबीच हतियारहरू बोकेका म्यान्मारका ३१ सैनिक अन्तरराष्ट्रिय सीमा नाघेर भारतीय क्षेत्रमा पसे। मिजोरम पुलिस अनुसार, मिजोरममा पसेका म्यान्मारका यी सैनिकहरूलाई आफ्नो हिरासतमा लिएको छ र असम राइफल्सले हतियार पनि जफत गरेको छ।

सूत्रहरू अनुसार, मिजोरममा भारत-म्यान्मार सीमामा जारी गतिरोधबीच भारी मात्रामा हतियारहरू बोकेका म्यान्मार सेनाका ३० जवान मिजोरमको सियाह जिल्लामा पसे। यसपछि सुरक्षाको जिम्मा सम्हालिरहेको असम राइफल्सले यिनीहरूलाई आफ्नो हिरासतमा लियो। यी सैनिकहरू सीमाको पोस्ट-१८ को बाटो भारतमा पसेको पनि थाहा लागेको छ। यिनीहरूलाई सोधपुछको निम्ति ओसीबी ट्वीपाङ लगिएको छ।

उल्लेख्य, म्यान्मारमा पीडीएफ र सीएनए विद्रोहीहरूद्वारा सेनाको शिविरमा हमला गरिरएपछि ३२ भन्दा धेरै सैन्यकर्मी शिविर छोड़ेर भागे। सेनाका यी जवानहरूको एक दल भारतीय सीमामा पुग्यो र भारतमा प्रवेश गऱ्यो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement