देहरादून/चिन्यालीसौड़ः प्रभारी मन्त्री डा. प्रेमचन्द अग्रवालले बुधवार चिन्यालीसौड़को सामुदायिक स्वास्थ्य केन्द्रको विशेष वार्डमा भर्ती गरिएका श्रमिकहरूसित भेट गरे। यस अवधि उनले श्रमिकहरूलाई १७ दिनसम्म धैर्य राखेकोमा बधाई दिए। श्रमिकहरूले पनि केन्द्र अनि उत्तराखण्ड सरकारप्रति आभार प्रकट गरे। सबै श्रमिकहरू स्वास्थ्य रहेको बताइएको छ।
बुधवार बिहान प्रभारी मन्त्री डा. प्रेमचन्द अग्रवाल श्रमिकहरूसित भेट गर्न सामुदायिक स्वास्थ्य केन्द्रको विशेष वार्डमा पुगे। यहाँ प्रभरीमन्त्रीले श्रमिकहरूसित बातचित गरे। प्रभारी मन्त्रीले बताए, बुधवार बिहान श्रमिकहरूले खाजा खाएपछि आफ्नो दाह्री पनि सफा गरे। प्रभारीमन्त्रीले श्रमिकहरूसित कुराकानी गर्ने क्रममा उनीहरूको १७ दिनको अनुभव बुझे। उनले श्रमिकहरूका परिवारसित पनि बातचित गरे। यस अवधि उनले डाक्टरहरूको टीमलाई पनि धन्यवाद दिए।
प्रभारीमन्त्रीले बताए, मुख्यमन्त्री पुष्कर धामी र उनी स्वयंले शिविर बनाएर बसेका थिए। प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार बचाउ कार्यहरूको जानकारी लिरहेका थिए। पीएम कार्यालयबाट पनि अधिकारीहरूले यहाँको बचाउ अभियानमाथि निगरानी राखेका थिए। प्रभारी मन्त्री डा. अग्रवालले प्रधानमन्त्रीप्रति विशेष आभार प्रकट गर्दै मुख्यमन्त्री पुष्कर सिंह धामीप्रति पनि आभार व्यक्त गरे।
-हिस









