सिलक्यारा टनल अभियानः खरो उत्रियो डबल इन्जिन

nat

देहरादूनः प्रकाशको पर्व दीपावलीको दिन सिलक्यारा सुरूङ्गको अँध्यारोमा कैद भएका ४१ जना कर्मवीरहरूले अब खुल्ला हावामा सास लिरहेका छन्। देशको सबैभन्दा लामो सिलक्यारा टनल अभियान सफल भइसकेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री पुष्कर सिंह धामीको तालमेलमा १७ दिनसम्म चलेको उक्त अभियानको परिणति सुखदायी रह्यो। उत्तराखण्डको सत्तामा भाजपा सत्तासिन हुनपूर्व प्रधानमन्त्री नरेन्द्र मोदीले डबल इन्जिन सरकारका जुन फाइदाहरूको बारेमा बताएका थिए त्यो सिलक्यारा टनल आपदा अवधि सही साबित भयो। डबल इन्जिन यस अभियानमा खरो उत्रिएको छ। केन्द्र-राज्य सरकारको सर्वोत्कृष्ट तालमेललाई सुरूङ्गभित्र फसेका श्रमिकहरू अनि उनीहरूलाई निकाल्नमा जुटेका हरेक व्यक्तिको संयम तथा सङ्घर्षशीलताले शिखरमा पुऱ्याएको छ।

चार धामयात्रा परियोजनाको निर्माण कार्य अवधि उत्तरकाशीको सिलक्यारा टनलमा आइलागेको आपदाले ४१-जनाको जीवनमा मात्र सङ्कट उत्पन्न गरेको थिएन जबकि केन्द्र अनि राज्य सरकारमाथि पनि ठूलो दबाव आइलागेको थियो। चारधाम यात्रा परियोजना केन्द्र सरकारको महत्वाकाङ्क्षी परियोजना हो। दुर्घटना भएपछि स्थितिलाई जसरी केन्द्र एवं राज्य सरकारले मिलेर सम्हाल्यो त्यसले मानिसहरूलाई भरोसा दिलाएको छ। तथापि यो कुरा भिन्नै हो कि उत्तराखण्ड जस्तो संवेदनशील राज्यमा परियोजनाहरूलाई मूर्त रूप दिँदै सम्भावित आपदाप्रति हाम्रो सतर्कतामा अहिले पनि कमी देखिँदैछ।

तथापि यसमा कुनै शङ्का छैन कि यस आपदाको सामना गर्नको लागि केन्द्र र राज्य सरकारले आफ्नो सम्पूर्ण संसाधन, आफ्नो सम्पूर्ण शक्तिलाई प्रयोगमा ल्याउन अलिकति पनि ढिल्याई गरेन। त्यो पनि त्यस्तो अवस्थामा जतिबेला आशाका त्यान्द्राहरू कैयौं पटक चुँड़िसकेको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले जसरी पूर्ण तत्परताले यस मामिलाको मनिटरिङ्ग गरे, आफ्ना मन्त्री, अधिकारी अनि तमाम एजेन्सीहरूलाई सक्रिय बनाए त्यसले मोदी सरकारको नम्बर बढ़ाएको छ।

यसको ठूलो श्रेय मुख्यमन्त्री पुष्कर सिंह धामीलाई पनि जान्छ जसले दिन-रात मिहेनत गरे। यद्यपि विपक्षले आपदा आइलागेको बेलामा चुनाउ प्रचारको लागि राज्य बाहिर गएकोमा प्रश्न पनि उठायो, तर यस सम्पूर्ण अभियानको लक्ष्यसम्म पुग्नका लागि उनी जसरी जुटे त्यसले विरोधीहरूको मुखमा बुच्चो लगाइदियो। सुरूङ्गमा फसेका मजदूरहरूसित लगातार औ सोझो सम्वादसितै उनीहरूलाई बाहिर आएपछि उत्साहपूर्वक अभिनन्दन गरेर धामीले सबैको हृदय जिते।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement