सलमान खानलाई फेरि लरेन्स बिश्नोईको धम्की, पुलिसले सलमानलाई गरायो अलर्ट

nat

मुम्बईः सलमान खानलाई पछिल्लो केही समयदेखिकै ग्याङ्गस्टर लरेन्स बिश्नोईको गिरोहले लगातार ज्यानमारा धम्की दिँदै आइरहेको छ। यी धम्कीहरूलाई मध्यनजर गर्दै मुम्बई पुलिसले बलीवुडका प्रसिद्ध अभिनेतालाई सुरक्षा पनि उपलब्ध गराएको छ। अहिले फेरि लरेन्स बिश्नोई ग्याङ्गले सलमान खानलाई धम्की दिएको छ। उक्त धम्की पश्चात मुम्बई पुलिसले सलमान खानलाई उपलब्ध सुरक्षाको गए मङ्गलवार पुनः समीक्षा गरेको छ। साथै पुलिसले अभिनेता सलमान खानलाई यसपालि अझ बढ़ी सतर्क बस्ने सल्लाह दिएको छ। ग्याङ्गस्टर लरेन्स बिश्नोईको धम्कीपछि सलमान खानलाई मुम्बई पुलिसले पहिला नै वाई-प्लस सुरक्षा उपलब्ध गराएको छ।

हालैमा लरेन्स बिश्नोईले एक फेसबुक पोस्टमा क्यानाडास्थित आफ्नो घर बाहिर गिप्पी ग्रेवालको गोली ठोकी हत्या गरेको जिम्मेवारी लिएका थिए। फेसबुक पोस्टमा लेखिएको थियो, ”तपाईहरू सलमान खानलाई आफ्नो भाइ मान्नुहुन्छ, तर अब तपाईहरूको ‘भाइ’-लाई बचाउने समय आएको छ। सलमान खानको लागि पनि यो म्यासेज हो- दाऊदले तिमीलाई बचाउँछ भनेर भूलमा नबस, कसैले बचाउने छैन।

सिद्धू मूसेवालाको मृत्युलाई लिएर तपाईको नाटकीय प्रतिक्रियामाथि सायदै ध्यान दिइयो होला, तर हामी सबैलाई थाहा छ उ कस्तो थियो र उसको आपराधिक सम्बन्ध के थियो… अब तपाई हाम्रो रडारमा हुनुहुन्छ। यो त ट्रेलर मात्र थियो, पूरा फिल्म हेर्नुहोस्। चाँड़ै आइरहेको छ… चाहे तपाई कुनै पनि देशमा भाग्नुहोस्, तर याद राख्नुहोस् मृत्युको लागि भीजाको खाँचो पर्दैन। त्यो नबोलाई आउँछ।”

लरेन्स बिश्नोईको यस किसिमको सन्देश पश्चात गिप्पी ग्रेवालले स्पष्ट पारे, उनको सलमान खानसित कुनै नजिकको सम्बन्ध छैन। सलमान खानसित उनको भेट ”मौजा ही मौजा”- को ट्रेलर लन्च अवधि भएको थियो। उनलाई फिल्म निर्माताले त्यहाँ आमन्त्रित गरेका थिए। भनले भने, सलमानसित मेरो कुनै मित्रता छैन। यसको आक्रोश ममाथि निकालिँदैछ। मेरो लागि यो अहिले पनि आश्चर्यचकित पार्ने कुरा हो र मसित के भइरहेको छ भन्ने कुरा बुझ्न म असमर्थ छु।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement