मुख्यमन्त्री शिन्देविरूद्ध अभद्र भाषा प्रयोग गरेकोमा मुम्बईका पूर्व मेयर दत्ता दलवी पक्राउ

nat

मुम्बईःमहाराष्ट्रका मुख्यमनेत्री एकनाथ शिन्देविरूद्ध अभद्र भाषा प्रयोग गरेको आरोपमा मुम्बई पुलिसले शिवसेना (यूबीटी)- का नेता एवं मुम्बईका पूर्व मेयर दत्ता दलवीलाई बुधवार बिहान पक्राउ गऱ्यो। पुलिस टीमले दत्ता दलवीलाई आज अदालमा पेश गर्ने तयारी गरिरहेको छ।

पुलिस अनुसार दत्ता दलवीलाई विक्रोलीस्थित उनको घरबाट पक्राउ गरिएको हो। उनीमाथि गत आइतवार भाण्डुपमा सम्पन्न कोङ्कण विभागको बैठकमा मुख्यमन्त्री शिन्देविरूद्ध अभद्र भाषा प्रयोग गरेको आरोप छ। पुलिसले दत्ता दलवीसित जाँचबुझ गरिरहेको छ।

उल्लेखनीय छ, शिवसेनामा फुट आएपछि ठाकरे र शिन्दे गुटमाझ टक्कर बढ़्दै गइरहेको छ। यसबीच गत साता शिन्दे समूहले मुख्यमन्त्री शिन्देलाई हिन्दु हृदय सम्राट बताउँदै एउटा ब्यानर लगाएको थियो जसको विरोध उद्धव ठाकरे समूहद्वारा गरिएको थियो। दत्ता दलवीले गत आइतवार भाण्डुपमा आयोजित कोङ्कण विभागको बैठकमा मुख्यमन्त्रीलाई हिन्दु हृदय सम्राट बताएकोमा विरोध जनाउँदै मुख्यमन्त्रीविरूद्ध अभद्र भाषाको प्रयोग गरेका थिए।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement