विश्वभरिका बचाउ अभियानभन्दा ठूलो र तीव्र रह्यो सिलक्यारा सुरूङ्ग बचाउ अभियान

nat

उत्तरकाशीः उत्तराखण्ड सुरूङ्गमा फसेका श्रमिकहरूलाई निकाल्ने विश्वकै सबैभन्दा ठूलो बचाउ अभियान अत्यन्त जटिल र विशेष चुनौतीपूर्ण थियो। भारत सरकार र उत्तराखण्ड सरकारको सर्वोत्कृष्ट तालमेलबाट राहतकर्मीहरूले जुन तीव्र गतिमा सिलक्यारा अभियानलाई रेकर्ड समयमा पूरा गरे, यो विश्वसामु एउटा उदाहरण भएको छ। सिलक्यारा सुरूङ्ग दुर्घटना पश्चात भारत मात्र होइन दुनियाँरिकै नजर बचाउ अभियानमाथि अड़िएको थियो। अहिलेसम्मकै दुनियाँभरिका सुरूङ्ग अनि ठूलो भूमिगत अभियानमध्ये दक्षिण अमेरिकाको चिलीमा अगस्त २०१० मा खदान भत्किएर फसेका ३३ जना मजदूरहरूलाई बचाउन ५ अगस्तदेखि १३ अक्टोबरसम्म ६९ दिनसम्म बचाउ अभियान सञ्चालन गरिएको थियो। यस अभियानमा धेरैवटा देशहरूले आधुनिक मसिनहरूको माध्यमबाट काम गरेका थिए।

वर्ष २०१८- मां थाईल्याण्डको खुल्ला सुरङ्गमा फसेका फुटबल खेल्ने १२ जना नानीहरू र उनीहरूको कोचको निम्ति बचाउ अभियान सफलतापूर्वक सम्पन्न गरिएको थियो। यो अभियान २३ जून, २०१८- देखि ८ जुलाई, २०१८ सम्म अर्थात १८ दिनसम्म चल्यो। त्यहाँको खुल्ला सुरूङ्गमा लगभग १० किमीसम्म घुमेपछि वर्षाको पानी सुरूङ्गमा भरिएर कोच सहित नानीहरू फसेका थिए। यस बचाउ अभियानमा अमेरिका, ब्रिटिश, थाइल्याण्डका नौसेना, पुलिस समेत अन्य एजेन्सीहरू सामेल भएका थिए। १८ दिनको सङ्घर्षपछि सफलता हात लागेक थियो।

सिलक्यारा बचाउ अभियान दुनियाँका अन्य अभियानहरूभन्दा भिन्नै छ। यहाँ ४१ जना श्रमिकहरू बन्द सुरूङ्गभित्र फसेका थिए। कुनै बाटो नभएपछि भारत सरकार र उत्तराखण्ड सरकारले दिन-रात एक गरेर १७ दिनमा श्रमिकहरूलाई बाहिर निकाल्यो। कठिन एवं चुनौतीपूर्ण भए पनि बचाउ अभियानलाई सयममा पूरा गरेर सरकारले रेकर्ड बनाएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement