एनडीए प्रार्थी द्रोपदी मुर्मू राष्ट्रपति चुनाउमा विजयी भएको खुसीमा भाजपातो ऱ्याली

IMG-20220721-WA0178.jpg

कालचिनी: आज १५औँ राष्ट्रपति पदको चुनाउमा एनडीए प्रार्थी द्रोपदी मुर्मूको विजय पाएको उपलक्ष्यमा भाजपा ८ नम्बर मण्डल कमिटीको पक्षबाट कालचिनी राङ्गामाटी रोड स्थित भाजपा पार्टी कार्यालयबाट भाजपा समर्थकहरुले विजय ऱ्याली निकालेको थियो। उक्त ऱ्यालीमा कालचिनी विधायक विशाल लामा लगायत एसटी मोर्चा नेता राजेश बारला, धर्मपाल केरकेट्टा, तोफिल सोरेङ, ८ नम्बर मण्डल सभापति उत्तम लामा लगायत महिला मोर्चा औ युवा मोर्चा नेतृत्व औ समर्थकहरुको बाक्लो उपस्थिति रहेको थियो।
आदिवासी ढाँक र नगाड़ाको तालसितै भाजपा नेतृत्वहरुले आदिवासी नृत्य गर्दै खुसी मनाएको थियो। यस अवसरमा कालचिनी विधायक विशाल लामा, एसटी मोर्चाका नेता राजेश बारला र मण्डल सभापति उत्तम लामाले संयुक्त रुपमा एनडीए प्रार्थी द्रोपदी मुर्मूको विजय सुनिश्चित पहिलाबाटै रहेको र अन्ततः तिनको विजय घोषणा सुन्ने बित्तिकै पार्टी कार्यालयबाट ऱ्याली निकालिएको र केन्द्रको भाजपा सरकारले प्रथमपल्ट देशको सर्वोच्च राष्ट्रपति पदको निम्ति यसरी आदिवासी एसटी महिलालाई प्रार्थी बनाएर जीत पनि भएकोले यता डुवर्सको सम्पूर्ण आदिवासी औ एसटी मात्र नभएर सबै समुदायले हर्ष व्यक्त गरेको जनाएका छन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement